शहीद दिवसको पूर्व सन्ध्यामा दीपावली


  • फ्रन्टलाइन नेपाल
  • सोमवार, माघ १५, २०७४

  • काठमाडौं, माघ १५- शहीद दिवसको पूर्व सन्ध्यामा ललिपुरको पाटन दरवार क्षेत्रमा दीपावली गरिएको छ । राष्ट्रिय पोशाक संरक्षणको महाअभियान चलाइरहेको ‘श्रद्धावान नेपाल’ को आयोजनामा भएको कार्यक्रममा पूर्व प्रधानसेनापति रुक्मांगत कटवाल लगायतका विभिन्न व्यक्तिहरु सहभागी थिए ।

    दीप प्रज्वलन कार्यक्रमका प्रमुख अतिथि कटवालले कार्यक्रमको उद्घाटन गर्दै शहीदको गरिमालाई विर्सेर जथाभावी शहीद घोषणा गर्ने क्रमले इतिहासका चार शहीदलाई अन्याय गर्ने बताउनुभयो । प्रजातन्त्र स्थापना गर्न आफ्नो व्यक्तिगत इच्छा भन्दा माथि उठेर लडेका चार शहीदको सम्मानमा सबै नेपाली एक हुने भएपनि राजनीतिक दलहरुले शहीदको परिभाषालाई नै आफू अनुकुल बनाएको कटवालले असन्तुष्टी जनाउँनु भयो । कार्यक्रममा राष्ट्रिय पोशाक संरक्षणको महाअभियान चलाइरहेको ‘श्रद्धावान नेपाल’ का अध्यक्ष राजानन्द मान्डव्यले चार शहीदले देखाएको बाटोमा मुलुक अगाडि बढ्नु पर्नेमा जोड दिनुभयो ।
    माघ १६ गते चार शहीद शुक्रराज शास्त्री, धर्मभक्त माधेमा, दशरथ चन्द, गंगालाल श्रेष्ठलाई प्रजातन्त्र स्थापनाका लागि लडेको भन्दै राणा शासनका बेला झुण्डाएर मारिएको स्मरणमा शहीद दिवस मनाउँने गरिन्छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार