मानव सेवा आश्रममा ‘फाइन्ड यु फुड’ को सेवा


  • फ्रन्टलाइन नेपाल
  • सोमवार, बैशाख ३, २०७५

  • काठमाडौं, बैशाख २ । फाइन्ड यु फुडले बुढानिलकण्ठस्थित मानव सेवा आश्रममा खाना बितरण गरेको छ । फुड डेलिभरीको व्यवसाय गर्दै आएको यो कम्पनिले सो आश्रममा बस्दै आएका २५ जनालाई खाना खुवाएको हो ।

    फाइन्ड यु फुडको समुहले आफैले बनाएर मानव सेवा आश्रममा खाना उपलब्ध गराएको हो । ‘आफैले तयारी खाना उपलब्ध गराउ“दा आश्रममा बस्नेहरुलाई फरक महशुष भयो ।’ आश्रमकी नविना सिटौलाले बताइन् ।

    सामाजिक उत्तरदायित्व पुरा गर्न मानव सेवा आश्रममा बस्नेहरुलाई सेवा गरेको कम्पनिका संचालक जगदीश गौतमले बताए । फाइन्ड यु फुडले अनलाइन मार्फत काठमाडौं उपत्यकाभित्र ग्राहकको माग अनुसार तयारी खाना डेलिभरी गर्दै आएको छ ।

    कम्पनिले ग्राहकले खाना अर्डर गरेपछि काठमाडौं उपत्यकाभित्र खाना सर्भ गर्दै आएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार