अन्तर्राष्ट्रिय फोटो प्रतियोगितामा रौनियारले जिते तेस्रो पुरस्कार


  • फ्रन्टलाइन नेपाल
  • शुक्रबार, असार १, २०७५

  • बेल्जियम – यूरोपेलि कमिसनस्थित अन्तर्राष्ट्रिय साझेदारी र बिकाससम्बन्धी निर्देशनालयले आयोजना गरेको एक अन्तर्राष्ट्रिय फोटो प्रतियोगितामा नेपालका ईश्वर रौनियारले तेस्रो पुरस्कार जितेका छन् । नेपालस्थित डयान्चर्च एड नामक अन्तर्राष्ट्रिय गैरसरकारी कार्यलयमा कार्यरत उनले बेल्जियमको ब्रसेल्समा गत बुधबार आयोजित समारोहमा उक्त पुरस्कार पाएका हुन् । ‘दिर्घकालिन उर्जामा महिला सशक्तिकरण’ बिषयक उक्त प्रतियोगितमा पेरु र फ्रान्सका सहभागीले क्रमशः प्रथम र दोस्रो पुरस्कार प्राप्त गरेका छन् ।

    रौनियारको तस्बिरमा नेपालको ग्रामीण भेगका महिलाले सुधारिएको चुल्होमा खाना पकाउनाले उनीहरुको समय वचत र स्वास्थ्यमा आएको सकारात्मक परिवर्तन देखाइएको छ। त्यस प्रकारका चुल्होले दाउराको खपत कम गर्नुका साथै एकै समयमा तिनथरी खाना बनाउन मद्दत गर्छ। साथै हिमाली र पहाडी भेगमा न्यानो दिने काम पनि गर्छ। ‘धूँवाको निकाश पाइपबाट हुने भएकोले यसले स्वास्थ्यमा नराम्रो असर गर्दैन र यसबाट निस्केको खरानीले करेसाबारीको मलको काम पनि गर्दछ’ , रौनियारले फ्रन्टलाइन नेपालसँग भने, ‘यस पुरस्कारले यूरोपली देशहरुले नेपाल जस्ता बिकासशिल देशका बिकासका मुद्दामा चासो रहेको देखाउँछ ।’

    उक्त प्रतियोगितमा ७० भन्दा बढ़ी देशको जम्मा ९९ फोटोहरु प्रतिस्पर्धाका लागी छानिएका थिए जसमध्ये दर्शक आनलाईन भोटद्वारा ३० उत्कृष्ट फोटोहरु छानिएका थिए । उत्कृष्ट तीन फोटोहरु भने यूरोपेली कमिसनस्थित अन्तर्राष्ट्रिय साझेदारी र बिकाससम्बन्धी निर्देशनालयका प्रतिनिधि तथा बाहिरी फोटोग्राफरद्वारा छानिएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार