अंग्रेजी भाषाको ईम्वोस्ड नम्बर प्लेट प्रयोगप्रति ‘२५ प्लस समुह’ ले जनायो बिरोध


  • फ्रन्टलाइन नेपाल
  • शुक्रबार, पुस १८, २०७६

  • काठमाडौं । पुष १८ । सवारी साधनमा अंग्रेजी भाषाको ईम्वोस्ड नम्बर प्लेट प्रयोग गरिएको विषयलाई लिएर ‘२५ प्लस समुह’ ले चिन्ता प्रकट गरेको छ । देवनागरी लिपीको सट्टा अंग्रेजी भाषा प्रयोग गरेको विषयलाई लिएर यो समुहले आपत्ति जनाएको छ ।

    ‘दुई ठूला मुलुकको बीचमा अवस्थित हाम्रो जस्तो मुलुकको पहिचानको एउटा बलियो आधार लिपी र भाषा पनि हो भन्ने तथ्य जगजाहेर छ ।’ २५ प्लस समूहले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘जे जति आधुनिक प्रविधीयुक्त प्लेट जडान गर्न खोजिए पनि सो कुरा देवनागरि लिपीमा गर्न नसकिने भन्ने होईन ।’

    सवारी साधनको नम्बर प्लेट देवनागरी लिपीमा राख्न २५ प्लस समूहले जोडदार माग गरेको छ । नेपालभित्रै नेपालीहरूले गाडीको नम्बर प्लेट पढ्न नसक्ने स्थिती नआओस् भन्ने विषयमा सतर्क गराएको छ ।

    सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को अनुसुचीमा २०७३ मा संसोधन गरी यातायात साधनहरुमा राखिने नम्बर प्लेटलाई अंग्रेजी भाषामा इम्बोस्ड नम्बर प्लेटको प्रयोग शुरुवात गरीएको थियो । जनस्तरबाट संविधानको प्रतिकुल भयो भन्दै बिरोध भएपछि सर्वोच्च अदालतमा रिट निवेदन परेको थियो । त्यसपश्चात् तत्काल सो प्रक्रिया स्थगन गर्न सर्वोच्चले आदेश पनि दिएको थियो । देवनागरी लिपी प्रयोग गरिनुको साटो अंग्रेजी भाषाको ईम्बोस्ड नम्बर प्लेट प्रयोग गर्न थालेपछि चौतर्फी बिरोध हुन थालेको छ ।

    २५ प्लस समूहले जारी गरेको विज्ञप्ति :

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार