अक्षयको बलिउड : एकै वर्षमा ७ सय करोड बढी व्यापार


  • फ्रन्टलाइन नेपाल
  • मङ्लबार, पुस २२, २०७६

  • बलिउड स्टार अक्षय कुमारले भारतीय फिल्म बजारमा हालसम्मकै नयाँ कीर्तिमान बनाएका छन्। अभिनय र बक्सअफिस दुवै क्षेत्रमा सफल अक्षयको अभिनयमा सन् २०१९ मा मात्र ४ वटा फिल्म प्रदर्शनमा आए। उक्त ४ वटै फिल्म बक्स अफिसमा सफल भए।

    अक्षयका यी ४ वटै फिल्म सय करोड बढीको व्यापार गर्ने फिल्म थिए। जसमा चारवटै फिल्मबाट ७ सय करोड बढीको व्यापार भएको छ। यो कीर्तिमान बलिउड उद्योककै पहिलो रहेको नवभारत टाइम्समा उल्लेख गरिएको छ।

    गत वर्ष अक्षय अभिनित ‘केशरी’, ‘मिसन मङ्‍गल’, ‘हाउसफूल ४’ र ‘गुड न्युज’ प्रदर्शनमा आए। ती फिल्मले क्रमशः १ सय ५४ करोड, २ सय करोड, १ सय ९४ करोड र १ सय ७० करोड बढी कमाइ गरेका छन्। जसमध्ये १ सय ७० करोड बढी कमाइ गरेको फिल्म ‘गुड न्युज’ भने हालसम्म पनि प्रदर्शनरत छ।

    यसरी एकै वर्षमा ७ सय करोड बढी व्यापार गर्ने फिल्मका स्टार बनेका हुन् अक्षय कुमार। यसअघि सन् २०१८ मा रणवीर सिंहले आफ्ना फिल्मबाट ५ सय ४२ करोड व्यापार कीर्तिमान बनाएका थिए।

    त्यस्तै सन् २०१५ मा अभिनेता सलमान खानले ५ सय ३० करोडको व्यापारको कीर्तिमान बनाउन सफल थिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार