अदालतमा अब रोबोटले फैसला सुनाउने…


  • फ्रन्टलाइन नेपाल
  • बिहिबार, चैत्र १४, २०७५

  • चैत १४ , काठमाडौं । अदालतमा अब रोबोटले फैसला सुनाउने भएको छ । उत्तरी यूरोपको एस्टोनियामा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) रोबो-जर्ज बनाइएको छ । जसले तल्लो अदालतमा लामोसमय सम्म पेन्डिङमा रहेका मामिलालाई व्यवस्थित गर्नेछ । रोबोटले सुनाएको सबै फैसला आधिकारीक मानिनेछ ।  उजुरीकर्ताले  मानव जजबाट फैसलाको अपील गर्न सक्ने अधिकार भने पाउनेछन् ।

    रोबोटले कानूनी दस्तावेजलाई बुझेर त्यसको विश्लेषण गरेपछि फैसला सुनाउनेछ । कानूनी भाषालाई राम्रोसँग बुझाउन रोबोटलाई प्रोग्रामिङका साथै  ट्रेनिङ पनि दिइएको छ । प्राविधिक टोली अदालतसँग जोडिएका जानकारी र प्रोटोकल जारी गरिरहेको छ जसलाई कानून विशेषज्ञको सल्लाहपछि परिवर्तन गर्न सकिनेछ ।

    प्रोजेक्टमाथि काम भइरहेको छ, तर कहिलेबाट सुनवाई शुरू हुनेछ त्यसको जानकारी दिइएको छैन ।  मीडिया रिपोर्ट्सका अनुसार, मे महिनासम्ममा यसको घोषणा हुन सक्छ ।

    एस्टोनियाका चीफ डाटा अफिसर अट वेल्सबर्गले भने, ‘हामी सरकारलाई अझ राम्रो बनाउन चहान्छौं ।’  वेल्सबर्गले भने,’केहि मानिसहरुलाई चिन्ताले सताएको छ कि बिस्तारै कर्मचारीहरुको संख्यामा कमि हुनाले सुविधाको गुणवत्तामा असर पर्नेछ , तर यस्तो हुने छैन , यसमा आर्टिफिसियल इन्टेलिजेन्सले हामीलाई सहयोग गर्नेछ ।’

    युरोपले यो भन्दा पहिले पनि रोबोटको सहयोगबाट कयौ क्षेत्रमा सेवा प्रदान गर्दै आएको छ । नेशनल आईडी कार्ड सिस्टम, ई-भोटिङ र डिजिटल ट्यक्स फाइलिङ जस्ता काम रोबोटले गरिरहेको छ ।

    एस्टोनियाको वित्त मन्त्रालय आर्टिफिसियल इन्टेलिजेन्सलाई  लिगल गर्दै रोबोट एजेन्ट बनाउन तयारी गरिरहेका छन् । जसले एक लिगल व्यक्तिको रुपमा काम गर्नेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा अपडेट