अध्यक्ष पेरेज भन्छन् : ” एम्बाप्पे र नेयमारलाई रियल मड्रिडमा ल्याउने इच्छा छैन । “


  • फ्रन्टलाइन नेपाल
  • मङ्लबार, जेष्ठ १४, २०७६

  • काठमाडौं, चैत १४ ।  रियल मड्रिडले पीएसजीका स्टारलाई भित्र्याउन कुनै चासो नदेखाएको क्लबका अध्यक्ष फ्लोरेन्टिना पेरेजले बताएका छन् । पछिल्लो समय नेयमार र केलिन एम्बोप्पेमध्ये एकले रियलका लागि लिग वान च्याम्पियन छाड्ने अनुमान गरिएको थियो । पुनः रियल फर्किएका प्रशिक्षक जिनेदान जिदान टिम निर्माणमा जुटेकाले दुईमध्ये एकलाई अनुबन्धन गर्न चाहेको खबरहरु पनि आइरहेका थिए । तर क्लबका अध्यक्ष पेरेजले त्यसलाई खारेज गरेका छन् ।

    एक अन्तर्वार्तामा उनले भनेका छन्, ‘मैले न जिदान न अरु कोहीसँग एबाप्पे वा नेयमारबारे कुरा गरेको छैन ।’ गत वर्ष नै दुवैलाई ल्याउने इच्छा नभएको बताएको र यस वर्ष पनि त्यही मत रहेको उनले बताए ।

    पीएसजीका पूर्व तथा आर्सनलका वर्तमान म्यानेजर उनई इमरेले भने एम्बाप्पे रियल जान चाहेको तर, आफूले पीएसजी बस्न मनाएको दाबी गरेका थिए । पीएजीका वर्तमान प्रशिक्षले भने दुवै खेलाडी क्लबमा हुन्छन् भनेर आफूले सुािश्चित गर्न नसक्ने बताएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार