अनमोल भन्छन् : बाबाको रोमान्टिक शैलि देख्दा खुसी लाग्छ


  • फ्रन्टलाइन नेपाल
  • मङ्लबार, फाल्गुन १४, २०७५

  • काठमाडौं , फागुन १४। काठमाडौँ –नायक अनमोल केसीले आफ्ना बाबा भुवन केसीको जीवनशैली देख्दा आफुलाई खुसी लाग्ने बताएका छन् । नेपाल टेलिभिजनवाट प्रशारित एक कार्यक्रममा भुवन केसीसंगै सहभागी अनमोलले भने ‘एकवारको जुनी रोमान्टिक तरिकाले मनाउनु पर्छ भन्ने बाबाको सोच मलाई सहि लाग्छ ।’ उनले भने ।

    बाबासंग साथी जस्तै व्यवहार गर्ने गरेको धारणा राख्ने अनमोल माछा मासु खाँदैनन् । उनको रुममै मिनि किचन समेत छ । दाल भात प्रेमी अनमोल ब्रेकफाष्ट भने आफैं बनाउछन् ‘अनमोलले बनाएको ब्रेकफाष्ट एकदमै मिठो हुन्छ ।’

    अहिलेसम्म छ वटा फिल्ममा अभिनय गरेका अनमाेलले अझै सिक्ने क्रममा रहेकाे बताए । उनले अभिनय गरेकाे नयाँ चलचित्र क्याप्टेन यहि हप्ता रिलिज हुने भएकाे छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार