अन्तर्राष्ट्रिय धावकलाई सेलिब्रेटी सम्मान


  • फ्रन्टलाइन नेपाल
  • बिहिबार, चैत्र ७, २०७५

  • चैत ७, काठमाडौं । सेलिब्रेटी समाज नेपालले थुप्रै अन्तर्राष्ट्रिय म्याराथनमा सहभागी भएर नेपालको नाम राख्न सफल नेपाली धावक सन्तोष राईलाई ‘सेलिब्रेटी सम्मान’ प्रदान गरेको छ । राई नेवाः च्यारिटीको धरान रनका संस्थापक हुन् । हरेक वर्ष फेब्रुअरीमा हुने धरान रन सन् २०११ बाट प्रारम्भ भएर अहिलेसम्म निरन्तर चलिरहेको छ । उनले सन् २००९ देखि निरन्तर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दौडहरूमा सहभागिता जनाइरहेका छन् ।

    हालै मात्र उनी जापानमा भएको टोकियो म्याराथन–२०१९ मा ३८ हजार सहभागीमध्येबाट उत्कृष्ट ७ सयमा पर्न सफल भएका थिए । स्वास्थ्य नै जीवन हो र मानिस स्वस्थ रहनका लागि दौडनुपर्छ भन्ने सन्देशका लागि नेपालका तर्फबाट खेलकुद विधा अँगालेर नेपालको नाम अन्तर्राष्ट्रिय स्तरमा उचाइमा पु¥याएकाले सेलिब्रेटी समाज नेपालले उनलाई ‘सेलिब्रेटी सम्मान २०७५’ प्रदान गरेको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार