अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिए गोन्जालो हिगुआइनले


  • फ्रन्टलाइन नेपाल
  • शुक्रबार, चैत्र १५, २०७५

  • काठमाडौं, चैत १५ ।  अर्जेन्टिनाका राष्ट्रिय खेलाडी गोन्जालो हिगुआइनले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासकोे घोषणा गरेका छन् । इङलिस क्लब चेल्सीका स्टाइकर समेत रहेका हिगुआइनले अन्तर्राष्ट्रिय फुटबल करीअरबाट सन्यासको घोषणा गरेका हुन् ।

    ३१ वर्षिय हिगुआइनले अर्जेन्टिनाको राष्ट्रिय टोलीबाट ७५ क्याप खेल्दै ३१ गोल गरेका छन् । तर उनी रुसमा सम्पन्न विश्वकपपछि टोलीमा देखिएका छैनन् । हिगुआइन जनवरीमा युभेन्टसबाट लोनमा चेल्सीमा आबद्ध भएका हुन् । अब चेल्सीमा केन्द्रित हुने बताएका हिगुआइनले भने, ‘मैले यो निर्णय केही समय परिवार र मेरो छोरीसँग बिताउन लिएको हुँ । मैले राष्ट्रको लागि गर्न सक्ने योगदान गरिसकें ।’

    उनले अर्जेन्टिनाबाट तीन महत्वपूर्ण प्रतियोगिताको फाइनल खेलेका छन् । ब्राजिलमा सम्पन्न २०१४ को विश्वकप फाइनल खेलेका उनले दुई पटक कोपा २०१५ र २०१६ को कोपा अमेरिका फाइनलको सामना गरेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार