अन्तिम आईपीएल खेल खेल्दै वार्नर


  • फ्रन्टलाइन नेपाल
  • सोमवार, बैशाख १६, २०७६

  • काठमाडौं, १६ वैशाख ।  इन्डियन प्रिमियर लिग (आईपीएल) मा आज सनराइजर्स हैदरावाद र किंग्स इलाभेन पन्जावबीच प्रतिस्पर्धा हुँदै छ । खेल बेलुका ८:१५ देखी हैदरावादको घरेलु मैदान राजिभ गान्धी इनटरनेशल क्रिकेट स्टेडियममा सुरु हुने छ ।

    वार्नरको अन्तिम खेल 

    हैदरावादका ओपनर डेविड वार्नर यस सिजनको आईपीएलमा अन्तिम खेल खेल्दैछन् । वार्नर आजको खेलपछि अष्ट्रेलिया फर्किनेछन् । अष्ट्रेलिया क्रिकेटले आफ्ना सबै खेलाडीलाई अप्रिल अन्तिम सम्म आगमी महिना हुने एक दिवसिय विश्वकपका लागि प्रशिक्षणको लागि टोलीमा बोलाएको छ । अर्का ओपनर जोनी बेयरस्टो इंग्ल्यान्ड फर्किसकेका छन् । बेयरस्टोको स्थानमा हैदरावादले न्युजिल्यान्डका ओपनर मार्टिन गुप्टिललाई मौका दिन सक्छ ।

    वार्नर जारी आईपीएलमा सर्वाधिक रन बनाउने खेलाडी हुन् । उनले ११ खेलमा १ शतक र ७ अर्ध शतक प्रहार गर्दै ६ सय ११ रन बनाइसकेका छन् । राशिद खान, मनिष पान्डे, विजय शंकर हैदरावादका प्रमुख खेलाडी हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार