अफगानिस्तानका बलर हामिद हसनको शन्यास घोषणा


  • फ्रन्टलाइन नेपाल
  • बुधबार, बैशाख २५, २०७६

  • काठमाडौं, २५  वैशाख । अफगानिस्तानका बलर हामिद हसनले एकदिवसीय क्रिकेटबाट शन्यास लिने घोषणा गरेका छन् । इंग्ल्यान्ड र वेल्समा संयुक्त रुपमा आयोजना हुन लागेको एकदिवसीय विश्वकप क्रिकेटपछि शन्यास लिने हसनले घोषणा गरेका छन् ।

    ३१ वर्षीय हसनले स्वास्थ्यलाई ख्याल गर्दै शन्यास लिने बताएका छन् । अविश्वसनीय रुपमा अफगानस्तानको विश्वकप टोलीमा अटाएका हसनले २०१६ मा एकदिवसीय अन्तराष्ट्रिय खेल खेलेका थिए ।

    २०१५ मा हसनले ६ खेलमा ८ विकेट लिएका थिए । २००९ मा स्कटल्याण्डबिरुद्ध डेब्यू गरेयता हसनले ३३ एकदिवसीय क्रिकेटमा ५९ विकेट लिएका छन् । उनले २०१६ मा आयरल्याण्डविरुद्ध एकदिवसीय खेल खेलेका थिए ।

    एजेन्सी ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार