अब धरातलमा टेकौं


  • फ्रन्टलाइन नेपाल
  • आइतवार, अशोज ४, २०७७

  • किरण तिम्सेना

    गणतन्त्रको वकालत गर्ने कम्युनिस्ट पार्टी अब दलालतन्त्रको रक्षा गर्दै हिंडेको छ । अब पार्टीमा इमानदार नेता र कार्यकर्ता हैन दलालहावी छन् । दलाल पुँजीवाद विरुद्ध धावा बोल्नेहरुलाई पाखा लगाउने षड्यन्त्र थालिएको गन्ध आइसकेको छ । सदा सर्वदा सर्वहारा बर्गको स्वतन्त्रताको निम्ति थालिएको आन्दोलन पुँजीवादी दलालहरुको जुत्ताको तलुवा मुनि बिसर्जन हुँदै छन् ।

    वर्षौंदेखि बोलिदै आएको एउटा महान झूठ यो हो कि एकदिन समाज आफैं बदलिन्छ । विभेद एकदिन आफै सकिन्छ । सामाजिक पुर्वाग्रह एक दिन आफै हट्छ । परिवर्तन एक दिन आफै आउँछ । बिभिन्न राजनीतिक आरोह र अबरोह पार गरेको यतिका बर्ष बितेपछि अब सचेत नागरिकले मुल्यांकन गर्नु पर्ला कि नपर्ला ?

    अहँ, परिवर्तन आफै आउदैन । कसैले टिपेर ल्याएर पनि दिदैन । हरेक पटक मौका आउँदा हामी चुकेका छौ । धेरैपटक झुकेका छौं । हाम्रो कमजोरीको हजारौं फाइदा लुटिएका छन् । के अझैँ लुट्न दिइरहने ? के अझैँ बिधिको शासनमाथिको बलात्कार सहिरहने ? के अन्याय सहनु गणतन्त्रको मुल मर्म हो ? के हामीले खोजेको पद्धति यहि हो ? हामीले कल्पना गरेको समाजवाद यहि हो ?

    अब धरातलमा टेकौं । कोशिस गरौं । मौका आउँदा नचुकौं । एकदिन सहि नेतृत्व हामीले रोज्नैपर्छ । आफैभित्र खोज्नैपर्छ । त्यो नेतृत्व खोज्नुपर्छ जसले असत्यबाट सत्यतर्फ लैजाओस् । अन्धकारबाट उज्यालोतर्फ लैजाओस् । आफ्नो दियो आफै बनोस् । हामीलाइ पनि सद्बुद्धि दियोस् । हामी खोज्छौं । रोज्छौं । आशा गर्छौं । एकदिन हाम्रो चन्द्र सूर्य फर्फराउँछ, लहराउँछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार