आँप खानुका फाइदाहरु…


  • फ्रन्टलाइन नेपाल
  • मङ्लबार, असार ३१, २०७६

  • काठमाडौं । असार ३१  ।

    आँप खानुका फाइदाहरु:-

    आँपमा फाइबरका साथै भिटामिन सी पाइने हुनाले शरीरमा कोलेस्ट्रेरोलको लेवल कम गर्न मद्दत गर्छ । साथै मुटु सम्बन्धी समस्याबाट मुक्ति मिल्छ ।

    आँपमा पाइने भिटामिन ए ले आँखा तेजिलो हुनुका साथै आँखा सम्बन्धी समस्याबाट छुटकारा पाउन सकिन्छ ।

    आँपको नियमित सेवनले पेटमा हुने कब्जियत, एसिडिटी तथा ग्याँस्ट्राइटिसको समस्याबाट मुक्ति मिल्छ ।

    आँपको सेवनले शरीरमा शक्ति प्रदान गर्नुका साथै शरीरमा रोगप्रतिरोधात्मक क्षमता बढाउनमा मद्दत गर्छ र शरीरमा इन्फेक्सन हुनबाट बचाउँछ ।

    आँपमा प्रशस्त मात्रामा आइरन पाइन्छ जसले शरीरमा रगत बढाउनुका साथै एनिमियाको समस्याबाट मुक्ति मिल्छ ।

    आँपमा भरपूर मात्रामा भिटामिन बी ६ हुन्छ । जसले मस्तिष्कलाई स्वस्थ राख्नुका साथै स्मरण शक्ति बढाउन मद्दत गर्छ ।

    यसको सेवनले ब्लडप्रेशरको लेवल कन्ट्रोल गर्न मद्दत गर्छ ।

    २ चम्चा आँपको पेस्ट बनाई त्यसमा दही मिलाएर कपालमा लगाउने र आधा घण्टा पछि धुने गर्नाले कपाल नरम मुलायम हुनुका साथै चायाँ पर्ने समस्याबाट मुक्ति मिल्छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार