आईपिएलमा आज दुई खेल : सन्दीप लामिछानेको टिम दिल्लीले मुम्बईसँग खेल्दै


  • फ्रन्टलाइन नेपाल
  • आइतवार, चैत्र १०, २०७५

  • चैत १० , काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) को १२ औं संस्करण अन्तर्गत आज दुई खेल हुँदै छन् । पहिलो खेलमा सनराइजर्स हैदरावाद र कोलकता नाइट राइडर्सबीच प्रतिसप्रर्धा हुनेछ ।

    hydrabad

    खेल नेपाली समय अनुसार दिउँसो ४ : १५ देखी कोलकतामा सुरु हुने छ । गत वर्षको उप विजेता हैदरावाद र प्ले अफबाटै बाहिरिएको कोलकता दुबै पहिलो खेलमै जित निकाल्दै सुखद सुरुवात गर्ने सोचमा छन् । कोलकताले हाल सम्म दुई पटक आईपीएलको उपाधि जित्दा हैदरावदले १ पटक चुमेको छ ।

    हैदरावादमा केन विलियम्सन, मनिष पान्डे, राशिद खान, सकिव अल हसन, जोनी बेरस्टो, मार्टिन गप्टिल, विजय शंकर, सिद्धार्थ कौल, बासिल थाम्पी, सन्दीप शर्मा जस्ता खेलाडी छन् । कोलकतामा दिनेश कार्त्तिक, सुनिल नारायण, क्रिस लिन, रोबिन उथप्पा, शुभमन गिल, आन्द्रे रसेल, जो डेनलीे, कार्लोस ब्रेथवेइट, कुलदीप यादव मुख्य हतियार हुन् ।

    त्यस्तै आजकोे दोस्रो खेलमा नेपाली लेग स्पिनर सन्दीप लामिछानेलेको टिम दिल्ली क्यापिटल्स र मुम्बई इन्डियन्स बीच प्रतिसप्रर्धा हुने छ । खेल नेपाली समय अनुसार बेलुका ८ : १५ देखी मुम्बई सुरु हुने छ । दिल्ली श्रेयर ऐर र मुम्बई रोहित शर्माको कप्तानीमा मैदान उत्रने छ ।

    अन्तर्राष्ट्रिय लिगमा पछिल्लो एक वर्ष निरन्तर खेल्दै उत्कृष्ट प्रर्दशन गर्दै आएका आजको पहिलो खेलमै सन्दीपले मौका पाउने उच्च संभावना छ । सन्दीपसँगै शिखर धवन, पृथ्वी शा, ऋषभ पन्त, श्रेयस ऐर, अक्षर पटेल, कागिसो रबाडा, ट्रेन्ट बोल्ट, हनुमा विहारी, अमित मिश्रा दिल्लीका मुख्य हतियार हुन् ।

    मुम्बईका रोहित शर्मा, इशान किशन, युवराज सिंह, हार्दिक पान्ड्या, क्रुणाल पान्ड्या, किराण पोलार्ड, जसप्रित बुमराह, बेन कटिङ्ग, सूर्य कुमार यादव, क्विन्टन डी कक मुम्वईका प्रमुख खेलाडी हुन् । मुम्बईले ३ पटक आईपीएलको उपाधि जित्दा दिल्ली अहिले सम्म फाईनलमा पुग्न सकेको छैन । यस पटक दिल्लीलाई उपाधिको दावेदार टिमको रुपमा हेरिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार