आईपीएल : उपाधिका लागि आज चेन्नई सुपर किङ्स र मुम्बई इन्डियन्सबीच भिडन्त


  • फ्रन्टलाइन नेपाल
  • आइतवार, बैशाख २९, २०७६

  • काठमाडौं, २९ वैशाख । १२ औं संस्करणको इन्डियन प्रिमिएर लिग (आईपीएल) क्रिकेटको उपाधिका लागि आज चेन्नई सुपर किङ्स र मुम्बई इन्डियन्सबीच प्रतिस्पर्धा हुँदैछ । पहिलो क्वालिफायरमा आमनेसामने भएका दुई टोली चेन्नई र मुम्बई उपाधिका लागि प्रतिस्पर्धा गर्न लागेका हुन् ।

    हैदरावादस्थित राजिव गान्धी स्टेडियममा खेल नेपाली समयअनुसार बेलुका साढे ७ बजे सुरु हुनेछ । चेन्नई क्लालिफायरमा हारेको बदलासहित उपाधि जित्ने लक्ष्यमा छ भने मुम्बई जितसहित सर्वाधिक आईपीएल जित्ने टोली बन्ने रणनीतिमा छ ।

    दुवै टोलीले अहिलेसम्म ३–३ पटक उपाधि जितेका छन् । चेन्नई गत सिजनको विजेता हो । महेन्द्रसिंह धोनीको कप्तानीमा रहेको चेन्नई दोस्रो क्वालिफायरमा दिल्ली क्यापिटल्समाथि ६ विकेटको जित निकाल्दै उपाधि नजिक पुगेको हो ।

    लिग चरणमा शीर्ष स्थानमा रहँदै पहिलो क्वालिफायरमा प्रतिस्पर्धा गरेको मुम्बईले चेन्नईमाथि जित निकाल्दै फाइनल यात्रा तय गरेको हो । रोहित शर्माको कप्तानीमा रहेको मुम्बईलाई नयाँ इतिहास बनाउने अवसर पनि छ ।

    भारतीय क्रिकेटमा अनुभवी खेलाडीको पहिचान बनेका यी टोलीबीचको प्रतिस्पर्धा रोचक हुने अनुमान गरिएको छ ।

    मुम्बईको सम्भावित प्लेइङ–११ :
    डि कक, रोहित शर्मा, सूर्यकुमार यादव, इशान किसान, हार्दिक पाण्डे, क्रुनल पाण्डे, पोलार्ड, वेन कटिङ, राहुल चाहर, लासिथा मालिंगा, जसप्रित बुम्रराह

    चेन्नईको सम्भावित प्लेइङ–११ :
    सेन वाट्सन, फाफ डु प्लेसिस, विजय, सुरेश रैना, अम्वाती रायडु, महेन्द्रसिंह धोनी, बा्रभो, रबिन्द्र जडेजा, दिपक चाहर, हरभजन सिह र इमरान ताहिर

    प्रतिक्रिया
    सम्बन्धित समाचार