आईपीएल : दिल्लीले आज हैदरावादसँग खेल्दै,प्लेइङ ११ मा सन्दीप लामिछाने…


  • फ्रन्टलाइन नेपाल
  • बिहिबार, चैत्र २१, २०७५

  • काठमाडौं, चैत २१। इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सन्दीप लामिछाने संलग्न रहेको दिल्ली क्यापिटल्सले बिहीबार राति (आज) सनराइजर्स हैदरावादसँग प्रतिस्पर्धा गर्दैछ ।

    फिरोज शाह कोट्ला रंगशालामा नेपाली समयअनुसार ८ बजेर १५ मिनेटमा दिल्लीले आफ्नै मैदानमा हैदरावादसँग प्रतिस्पर्धा गर्न लागेको हो ।

    हैदरावादलाई पराजित गरे दिल्ली लिगको शीर्ष स्थानमा उक्लिनेछ । दिल्लीले चारखेलबाट दुई खेलमा हार र दुई खेलमा जित हा पार्दै चार अंक बटुलेर लिगको अहिले पाँचौ स्थानमा छ । यता, हैदरावाद भने लिगको तेस्रो स्थानमा छ । हैदरावादले पनि दिल्लीलाई पराजित गरे शीर्ष स्थानमा उक्लिने छ ।

    सन्दीप लामिछाने भर्सेस् रसिद खान : 

    हैदरावाद र दिल्ली प्रतिस्पर्धा गर्दै गर्दा यहाँ चर्चित दुई खेलाडीको जम्काभेट हुने छन् । जहाँ नेपालका उदाउँदा तारा सन्दीप लामिछाने र आईसीसी विश्व वरियताका नम्बर एक बलर अफगानिस्तानका रसिद खानबीच भेट हुनेछ ।

    जारी प्रतियोगितालाई नियाल्ने हो भने रसिद भन्दा पनि सन्दीप अब्बल देखिएका छन् । यो तथ्य यही आईपीएलले देखाउँछ ।
    जारी आईपीएलमा सन्दीपले दुई खेलबाट तीन विकेट लिएका छन् ।

    पहिलो र दोस्रो खेलमा बेन्चमै बसेका सन्दीपले कोलकत्ता नाइट राइडर्सविरुद्ध एक र किंग्स इलाभने पञ्जाबविरुद्धको खेलमा दुई विकेट लिएका छन् । पछिल्लो दुई खेलमा सन्दीपले आफ्नो टिमका लागि अन्य बलरले भन्दा पनि राम्रो बलिङ इकोनोमी राखेका छन् ।

    यता, रसिद भने गएको सिजनमा जस्तो चल्न सकेका छैनन् । आफ्नो टिमले खेलेको तीनै खेलमा मुख्य सदस्य रहेका रसिदले तीन खेलबाट दुई विकेट लिएका छन् ।

    आईपीएलको वेबसाइटको दिल्ली र हैदरावादको प्लेइङ इलाभेन

    दिल्ली :

    पृथ्वी शाव, शिखर धवन, श्रेयस ऐयर (कप्तान), रिशव पन्त, कोलिन इन्ग्राम, क्रिस मोरिस, हनुमा विहारी, हर्षल पटेल, कागिसो रबडा, अभेष खान र सन्दीप लामिछाने ।

    हैदरावाद :

    डेभिड वार्नर, जोनी ब्रेस्ट्ओ, विजय शंकर, मनिष पाण्डे, युसुफ पठान, मोहम्मद नावी, दिपक होडा, राशिद खान, भुवनेश्वर कुमार, सिद्धार्थ काउल र सन्दीप शर्मा ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार