आईपीएल : दिल्ली र हैदरावाद क्वालिफायरका लागि भिड्दै,सन्दीप टिममा पर्ने सम्भावना….


  • फ्रन्टलाइन नेपाल
  • बुधबार, बैशाख २५, २०७६

  • काठमाडौं, २५  वैशाख । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज हुने खेलमा दिल्ली क्यापिटल्सले सनराइजर्स हैदराबादको सामना गर्ने तालिका रहेको छ ।

    आज हुने यस एलिमिनेटर खेलमा पराजित टोलीको आईपीएल यात्रा टुंगिनेछ भने विजेताले पहिलो क्वालिफायरमा पराजित भएको चेन्नई सुपर किंग्ससँग फाइनलको लागि भिड्नुपर्नेछ ।

    लिग चरणको सबै खेल सकिंदा दिल्ली, चेन्नई र मुम्बई इन्डियन्सको समान १८ अंक भएपनि न्यून रनरेटको कारण पहिलो क्वालिफायर खेल्नबाट चुकेको दिल्लीले आजको खेल जित्ने लक्ष्य राखेको कप्तान श्रेयस आइएरले बताएका छन् ।

    त्यस्तै १२ अंक मात्र भएपनि उच्च रनरेटको कारण पंजाब र कोलकत्तालाई उछिन्दै प्लेअफ सम्म आउन सकेको हैदराबाद भने यो मौकाको उपयोग गर्ने दाउमा देखिएको छ ।

    दिल्लीले भने कागिसो रबाडाको अनुपस्थिती सहनुपर्नेछ भने हैदराबादले डेभिड वार्नर बिना नै मैदानमा उत्रनुपर्नेछ ।

    स्टार लेगस्पीनर सन्दीप लामिछानेले आजको खेलमा मौका पाउने नपाउने निश्चीत हुन सकेको छैन । पछिल्लो समय टोलीमा पर्न नसकेका उनलाई आजको यस महत्वपूर्ण खेलमा खेलाउँदै विशेषगरी मार्टिन गप्तिल र केन विलियम्सनलाई लक्षित गर्दै बलिङ गराउनु उपयुक्त हुने देखिएको छ । तथापी पछिल्लो खेलमा सन्दीप बिनानै टोलीले जित हात पारेको कारण सन्दीपको सम्भावना न्यून नै देखिन्छ । खेल नेपाली समयअनुसार साँझ ७ः४५ मा हुने तालिका छ ।

    एजेन्सी ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार