आईसीसी विश्वकप क्रिकेट : टस जितेर बलिङ गर्दै इङ्ल्यान्ड


  • फ्रन्टलाइन नेपाल
  • सोमवार, जेष्ठ २०, २०७६

  • काठमाडौं, जेठ २० । आईसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत पाकिस्तान र इङ्ल्यान्डले प्रतियोगिताको दोस्रो खेल खेल्दैछन् । ट्रेन ब्रिजमा हुन लागेको खेलमा इङ्ल्यान्डले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ ।

    पाकिस्तानले इङ्ल्यान्डविरुद्ध केहीबेरमा ब्याटिङ थाल्नेछ । इङ्ल्यान्डले भने पहिलो खेलमा जित निकालिसकेको छ । पहिलो खेलमा दक्षिण अफ्रिकालाई हराउँदै इङ्ल्यान्डले प्रतियोगिताको सुखद सुरुवात गरेको थियो । यता पहिलो खेलमा वेस्ट इन्डिजसँग दुखद हार व्यहोरेको पाकिस्तानले आजको खेलमा जित निकाल्ने योजनामा छ ।

    यता इङ्ल्यान्ड लगातार दोस्रो जित निकाल्दै प्रतियोगितामा अझै बलियो बन्ने योजनामा छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार