आईसीसी विश्वकप क्रिकेट : डेविड वार्नर दुई शतक प्रहार गर्ने चौथो खेलाडी


  • फ्रन्टलाइन नेपाल
  • बिहिबार, असार ५, २०७६

  • काठमाडौं,  असार ५ ।   १२ औँ आईसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत बिहीबारको खेलमा अष्ट्रेलियाका ब्याट्म्यान डेविड वार्नरले बंगलादेश विरुद्ध शतक प्रहार गरेका छन्।

    यस शतकसँगै उनी जारी विश्वकप क्रिकेटमा दुई शतक प्रहार गर्ने चौथो खेलाडी बनेका छन्। यसअघि वार्नरले पाकिस्तान विरुद्धको खेलमा पनि शतक प्रहार गरेका थिए।

    इंग्ल्याण्डमा जारी १२ आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा दुई शतक प्रहार गर्ने अन्य खेलाडीमा बंगलादेशका शकिव अल हसन, भारतका रोहित शर्मा र इंग्ल्याण्डका जोय रुट रहेका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार