आजबाट चलचित्र ‘प्रेमलीला’ प्रदर्शनमा


  • फ्रन्टलाइन नेपाल
  • बिहिबार, चैत्र ७, २०७५

  • चैत ७, काठमाडौं ।  चलचित्र प्रेमलिला आज चैत्र ८ गते शुक्रबारदेखि प्रदर्शन हुँदैछ । प्रेम कथामा आधारित यो चलचित्रमा पे्रमभित्रका अनेकौं लीलाहरूलाई चित्रण गरिएको निर्माण पक्षले जनाएको छ ।

    अन्तरदेशीय प्रेम कथालाई चित्रण गरिएको यो चलचित्रमा दीपशिखा खड्का, मौसम खड्का तथा अली खान मुख्य भूमिकामा छन् । चलचित्रमा सुरज तमु, रेखा शाह, शर्मिला शर्मा, प्रभाकर शर्मा तथा भारतीय कलाकारहरू अर्चना शुक्ला तथा ट्वींकल श्रीवास्तवले पनि अभिनय गरेका छन् ।

    चलचित्रमा अभिनेत्री तथा निर्मात्री खड्काकै कथा, पटकथा तथा संवाद छ । पवन गौतमले खिचेको चलचित्रमा रामजी लामिछाने र युवराज वाइवाको कोरियोग्राफी छ भने रेबन थापाको एक्सन छ । चलचित्रलाई चन्दन दत्त र सालिक दुलालले सम्पादन गरेका छन् । चलचित्रमा हरि लम्सालको संगीत छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार