आज बार्सिलोना र चेल्सी भिड्दै


  • फ्रन्टलाइन नेपाल
  • मङ्लबार, साउन ७, २०७६

  • काठमाडौं । साउन  ७। स्पेनिस ला लिगा च्याम्पियन बार्सिलोना प्रि–सिजन अन्तर्गत क्लब मैत्रीपूर्ण खेल आज (मंगलबार) साँझ प्रिमियर लिग क्लब चेल्सीसँग प्रतिस्पर्धा गर्दैछ । बार्सिलोना र चेल्सीबीचको खेल नेपाली समयअनुसार अपरान्ह ४ः१५ मा सुरु हुनेछ ।

    बार्सिलोनाले आज आफ्ना नयाँ खेलाडी एन्टोनी ग्रिजम्यान, डी योङ जस्ता खेलाडीहरुलाई डेब्यू गराउनेछ । बार्सिलोनाले प्रि–सिजन अन्तर्गत हुन लागेको पहिलो खेलमा बार्सिलोना उत्कृष्ट प्रदर्शन गर्ने योजनामा छ । यता प्रिमियर लिग क्लब चेल्सी बार्सिलोनालाई स्तब्ध बनाउने योजनामा छ । बार्सिलोनाका कप्तान लियोनल मेस्सीले आजको खेलमा हुने छैनन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार