आधुनिक घरायसि बायोग्यास प्लान्टका लागि अनुदान अपरिहार्य


  • फ्रन्टलाइन नेपाल
  • शनिबार, माघ १०, २०७७

  • काठमाडौं । जेठ १ । कंक्रिट बायोग्यास प्लान्टको प्रभावकारिता न्यून भएका कारण परिमार्जित आधुनिक बायोग्यास प्लान्टको माग बढ्दै गएको छ । हाल भान्छाका लागि शहरी क्षेत्रमा एलपिजि ग्यास र ग्रामीण क्षेत्रमा दाउराको प्रयोग अधिकतम भईरहेको छ । यी दुवै वातावरणीय दृष्टिले उपयुक्त होईनन् । सस्टेनेबल डेभलपमेन्ट तथा क्लिन ईनर्जिका हिसाबले ग्रामीण तथा शहरी क्षेत्र दुबैमा बायोग्यास नै उपयोगी देखिन्छ । जुन फोहोरमैलाबाट उत्पादन गरिन्छ । बिना लागत ईन्धनको पनि उत्पादन हुन्छ ।

    र, वेस्ट म्यानेजमेन्ट पनि हुन्छ । यसले दिगो विकासका (SDG) १७ मध्ये १५ वटा क्षेत्रलाई आकर्षित गर्दछ । आधुनिक बायोग्यास प्लान्टले ग्रामीण तथा शहरी क्षेत्रका लागि उपयोगी छ – ग्रामीण क्षेत्रमा गोबरबाट बायोग्यास तयार हुन्छ । शहरी क्षेत्रमा भान्छाबाट निस्किने किचेन वेस्टबाट तयार हुन्छ । परम्परागत प्रयोगमा भएका कंक्रिट बायोग्यास प्लान्ट जडान गरेमा उपभोक्ताले अनुदान पाउने व्यवस्था छ । आधुनिक प्लान्टमा हालसम्म अनुदानको ब्यबस्था छैन । जबकि उपयोगिता, उत्पादकता, कार्यकुशलता, सरलता, सहज प्रयोगका हिसाबले यो सजिलो छ ।

    नाकाबन्दि जस्ता समस्या भएका बेला त यसको आवश्यकता झन् बढि हुन्छ । किसानहरुलाई आधुनिक बायोग्यास प्लान्टको जरुरत दिनप्रति दिन बढ्दै गएको छ । आधुनिक बायोग्यास प्लान्टको सिधै खरिद गर्दा महंगो भएका कारण किसानहरुले आवश्यकता पूरा गर्न पाएका छैनन् । उनीहरुले अनुदान नपाएका कारण यसको आपूर्ति हुन सकेको छैन । कसरी सहज तरिकाले किसानले यि बायोग्यास प्लान्ट पाउन सक्छन् त ? हामीले एउटा सर्वेक्षण गरेका छौं । निति निर्माता, वायोग्यास क्षेत्र र अनुसन्धान गर्ने संस्थासँग कुराकानि गर्यौं । कंक्रिट बायोग्यास प्लान्ट जस्तै आधुनिक प्लान्टमा अनुदान दिनका लागि निम्न लिखित प्रावधानहरु रहेको बुझिएको छ :

    १) सप्लायर्सको गत तीन वर्षमा त्यहि मोडल र त्यहि प्रोडक्टको प्रत्येक वर्ष ५ मिलियन डलर बराबर बिक्रि भएको हुनुपर्यो ।

    २) जति परिमाणको अनुदान प्रस्ताब गरिएको छ, त्यति परिमाण बराबर कम्तिमा संसारभरी त्यहि मोडल र त्यहि प्रोडक्ट गत ३ वर्षमा हरेक वर्ष त्यति नै बिक्रि भएको हुनु पर्नेछ ।

    ३) देशमा रोजगारीका अवसर सिर्जना गर्ने तथा भ्यालु एडिसनबाट लाभ सिर्जना गर्ने हेतु यी प्लान्टहरु नेपालमै उत्पादन गर्नुपर्ने । एलपिजि ग्यासको अभाब बेलाबेला भईरहन्छ ।

    नाकाबन्दि जस्ता समस्याका बेला जनताहरु झन् मारमा पर्छन् । एलपिजि ग्यासको विकल्पका रुपमा आधुनिक बायोग्यास प्लान्ट नै हो । अध्ययन, अनुसन्धान गर्न हामी गाउँ–गाउँ पुग्यौं । किसानहरुसंग कुराकानी गर्यौं । तर, अनुदानको समस्याले गर्दा किसानहरुले पाउन सकेका छैनन् । सरकारी अनुदान नभएर आधुनिक बायोग्यास प्लान्टको आपूर्ति हुन नसकेको हो ।

    आधुनिक प्लान्टमा अनुदान भईदिए किसानहरुलाई धेरै सजिलो हुने थियो । सस्टेनेबल डेभ्लप्मेन्टका लागि बायोग्यास एकदम महत्वपूर्ण कुरा हो । अनुदान नपाएर किसानहरुले यसको प्रयोग गर्न पाएका छैनन् । हामी आशा गर्दछौं कि छिटै नै यसको समस्या समाधान हुनेछ । दिगो उर्जाको सुविधा उपलब्ध हुनेछ । एलपिजि ग्यासको विकल्प खोज्नै पर्ने भएको छ । वायोग्यासमा किसानहरुको रुचि अत्यधिक रहेको पाइएको छ ।

    सरकारी अनुदान तुरुन्त दिइहाल्नु पर्ने आवश्यकता बढ्दै गएको पाईन्छ । वायोग्यास प्लान्ट नेपालमा उत्पादन गर्नुपर्ने अवस्था सिर्जना भएको छ । प्रत्येक किसानलाई बायोग्यास प्लान्ट उपलब्ध गराउनै पर्ने आवश्यकता छ । एलपिजि ग्यास माथिको निर्भरता घटाउनु पर्ने टड्कारो अपरिहार्यता छ । दाउराको व्यवस्थापन गर्दै गाउलेहरुको समय धेरै खेर गईरहेको छ । आधुनिक बायोग्यास प्लान्टले यि सबै समस्याहरुको समाधान गर्नेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार