इन्स्टाग्रामबाट कसले बढि कमाउँछन् : रोनाल्डो वा मेस्सी ?


  • फ्रन्टलाइन नेपाल
  • बुधबार, अशोज २९, २०७६

  • लन्डन । सामाजिक सञ्‍जाल इन्स्टाग्रामबाट सबैभन्दा बढी कसले आम्दानी गर्ला ?

    हालै भएको एक अध्ययनले इन्स्टाग्रामबाट पछिल्लो एक वर्षमा सबैभन्दा बढी आम्दानी गर्नेमा फुटबल स्टार क्रिस्टियानो रोनाल्डो अगाडि छन् ।

    रोनाल्डोले पछिल्लो एक वर्षमा इन्स्टाग्रामबाट ३८.२ मिलियन पाउन्ड आम्दानी गरेको एक अध्ययनले देखाएको छ।

    रोनाल्डोका ३४ प्रायोजित पोस्टबाट यति आम्दानी भएको हो । उनले हरेक पोस्टबाट औसतमा ७ लाख ८० हजार पाउन्ड आम्दानी गरेको जनाइएको छ।

    अर्का फुटबल स्टार लियोनल मेस्सीले यो अवधीमा १८ मिलियन पाउन्ड कमाएको जनाइएको छ। मेस्सीले ३६ वटा प्रायोजित पोस्टहरु गरेका थिए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार