एक्लो म


  • फ्रन्टलाइन नेपाल
  • शुक्रबार, जेष्ठ ३०, २०७७

  • आभा थपलिया

    समयको गति समात्न खोज्दा
    धेरै पछि छुटेछु जस्तो
    मनको बहाव रोक्न खोज्दा
    अझै बिचलित भए जस्तो

    अस्थिर हृदयको किनारा
    आज अझै खोजी हिंडेछु
    मानिसहरुको भिड मा एक्लो

    ध्रुब तारा झैँ एक्लो
    चम्किनु या निभ्नु अन्योल
    सन्सार बिचित्र या म
    बाटो छेउको पालुवा जस्तो

    बर्षात कुरि बस्दै छु
    अनि हजुर आउने साईत हेर्दै छु,

    एक्लो म

    प्रतिक्रिया
    सम्बन्धित समाचार