एक सातासम्म घर बाहिर निस्कन नपाइने


  • फ्रन्टलाइन नेपाल
  • सोमवार, चैत्र १०, २०७६

  • काठमाडौं । १० चैत । मंगलबारदेखी एक सातासम्म घर बाहिर निस्कन रोक लगाइएको छ । सरकारले सोमबार यस्तो निर्णय गरेको हो ।कोरोनाभाइरस रोकथाम तथा नियन्त्रण सम्बन्धी उच्चस्तरीय समन्वय समितिले पूर्ण लकडाउन’ को निर्णय गरेको हो । औषधि उपचार, खाद्यवस्तु खरिद गर्न भने पाइनेछ । सरकारले जरुरी काम बाहेक सर्वसाधारण घरबाट बाहिर निस्कन नपाउने निर्णय गरेको हो ।

    यसैगरी सार्वजनिक तथा निजी सवारी साधन सञ्चालनमा पनि पूर्ण रोक लगाइएको छ । आन्तरिक व्यवसायिक उडान समेत बन्द गरिएको छ ।

    यी कुराहरु खुल्ला रहनेछन्

    स्वास्थ्य, सुरक्षा, खाद्यवस्तु, खानेपानी, दूध, विद्युत, दूरसञ्चार, सूचना तथा सञ्चार, भन्सार, क्वारेन्टाइन, फोहोरमैला व्यवस्थापन, सरकारी कार्यालय जस्ता अति आवश्यक सेवा खुल्ला रहनेछन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार