एट्लेटिको मड्रिडमा सिमओनको ८ वर्ष


  • फ्रन्टलाइन नेपाल
  • मङ्लबार, पुस ८, २०७६

  • काठमाडौँ, ८ पुस । एट्लेटिको मड्रिडका प्रशिक्षक डियगो सिमओन विश्वकै चर्चित प्रशिक्षकका रुपमा परिचित छन् ।

    उनले एट्लेटिको जिम्मेवारी सम्हालेको पनि आठ वर्ष बितिसकेको छ । उनले यसबिच एट्लेटिकोलाई उपाधि जिताउन पनि सफल भए । लामो समयदेखि रियल मड्रिड र बार्सिलोनाको दबदबा तोड्न उनी सफल भएका थिए ।

    तर, एकै सिजनमात्र ला लिगा उपाधि जिताउन सफल उनी त्यसपछि भने शिर्षचारमा मात्र क्लबलाई उभाउन सफल भएका छन् । उनले च्याम्पियन्स लिगमा पनि उत्तिकै सफलता पाउन सकेनन् ।

    दुई पटक च्याम्पियन्स लिगको फाइलनमा पुगेको एट्लेटिकोले उपाधि भने जित्न सकेन । तर, उनी क्लबमा आएसँगै क्बले युरोपा कप, सुपर कप र कोपा डेल रे जस्ता उपाधि पनि जित्न सफल भएको थियो ।

    फाइनलमा अभागि टिमका रुपमा परिचीत एट्लेटिकोको नियती बदल्ने रणनीतिमा उनी रहेका छन् ।

    आठ वर्षको एउटै क्लबमा रहँदा उनीदेखि क्लब खुसी रहेको छ भने क्बलले पनि प्रभावशाली खेल देखाउँदै आएको छ । उनले फेरि पनि क्लबलाई उपाधि जिताउन सफल हुने समिक्षकहरु बताउँछन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार