एनसेलको ‘कल आयो पैसा पायो’ अफर…


  • फ्रन्टलाइन नेपाल
  • सोमवार, बैशाख १६, २०७६

  • काठमाडौं, १६ वैशाख ।  एनसेल प्राइभेट लिमिटेडले आफ्नो कस्टमर लोयल्टी कार्यक्रमअन्तर्गत ग्राहकले औधी मन पराएको आकर्षक अफर ‘कलआयो, पैसा पायो’ अफर ल्याएको छ । यस योजनाअन्तर्गत ग्राहकले अब विश्वका जुन सुकै देशबाट आएको अन्तर्राष्ट्रिय आगमन कलमा दुई मिनेट वा सोभन्दा बढी कुरा गर्दा प्रत्येक मिनेट दुई रुपैयाँ बोनसस्वरूप प्राप्त गर्नेछन् ।

    यो अफर सोमबार लागू भई तीन महिनासम्म जारी रहनेछ  । एनसेलका ग्राहकले विदेशबाट आफ्ना आफन्त, साथीभाइ र परिवारजनले गरेको कलमा कुरा गर्दा पहिलो दुई मिनेटपश्चात् १० मिनेटसम्म प्रत्येक मिनेटको दुईको दरले बोनस पाउनेछन् । अन्तर्राष्ट्रिय आगमन कलमा कुरा गर्दा ग्राहकले १८ रुपैयाँसम्म बोनस प्राप्त गर्नेछन् ।

    यसरी प्राप्त बोनस सात दिनका लागि मान्य हुनेछ । ग्राहकले उक्त बोनस एनसेलको नेटवर्कभित्र कुरा गर्न, एसएमएस पठाउन र इन्टरनेट चलाउनसमेत प्रयोग गर्न सक्छन् । एनसेलका सबै प्रिपेड तथा पोस्टपेड ग्राहकले १७१२६ मा डायल गरी यो योजना निःशुल्क सुचारु गरी लाभ लिन सक्ने पनि विज्ञप्तिमा उल्लेख छ । त्यसैगरी, ग्राहकले अंगे्रजीमा ‘ए’ टाइप गरी १७१२६ माएसएमएस पठाएर पनि यो बोनस योजनामा सामेल हुन सक्छन् ।

    बोनसका साथै, अन्तर्राष्ट्रिय आगमन कलमा कुरा गरी यस योजनाको मापदण्ड पूरा गरेका ग्राहकले प्रत्येक साता सामसुङ ग्यालेक्सी ए ट्वान्टी स्मार्ट फोन पनि जित्न सक्नेछन् । यो योजना अवधिभर प्रत्येक साता १० जना ग्राहकले एक÷एक थान स्मार्ट फोन पाउनेछन् । एक साताको समयावधिमा ग्राहकले पाएको बोनस, अन्तर्राष्ट्रिय आगमन कलको संख्या र औसत कलको समयअनुसार विजेताको छनोट गरिने छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार