एन्टोनियो ग्रिजमन भन्छन् : बार्सिलोनाबाट उपाधि जित्न आतुर छु ।


  • फ्रन्टलाइन नेपाल
  • आइतवार, असार २९, २०७६

  • काठमाडौं । असार २९ । गत शुक्रबार एट्लेटिको मड्रिडबाट १२० मिलियन युरोमा बार्सिलोना आएका फ्रेन्च स्टार खेलाडी एन्टोनियो ग्रिजमनले आफू बार्सिलोनाबाट सबै उपाधि जित्न आतुर रहेको बताएका छन् ।

    उनले भने ‘म यहाँ आउँदा निकै उत्साहित छु । यसको सुरुवात गर्न आतुर छु । मेसीविरुद्ध खेल्दा निकै रमाइलो अनुभव हुन्थ्यो । अब म हरेक दिन ट्रेनिङमा उनीसँगै हुनेछु । म अहिले विश्वकै महान् क्लबमा छु । म भविष्यका लागि केन्द्रित रहेको छु ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार