एन्टोनी ग्रीजम्यानको सुरक्षाका लागि क्याम्प नाउँ खाली…


  • फ्रन्टलाइन नेपाल
  • बिहिबार, असार २६, २०७६

  • काठमाडौं । असार २६ ।   बार्सिलोना र एथ्लेटिको मड्रिडका खेलाडी एन्टोनी ग्रीजम्यानबीचको सम्झौता अन्तिम चरणमा पुगिसकेको छ।

    अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार ग्रीजम्यान बार्सा अनुबन्ध हुने पक्का भइसकेको छ।

    अब बार्साले ग्रीजम्यानका लागि एथ्लेटिकोलाई १२० मिलियन युरो रिलिज क्लज तिरेपछि ग्रीजम्यान आइतबार बार्सिलोना आइसक्ने मार्काले जनाएको छ।

    यद्यपी बार्सिलोनाका समर्थक ग्रीजम्यानसँग रिसाएका छन्। गत सिजन नै बार्साले ग्रीजम्यानलाई बार्सा आउन अफर गरेकोे थियो। त्यसबेला ग्रीजम्यानले आफू बार्सा नआउने बताएका थिए।

    बार्सामा अनुबन्ध भएपछि ग्रीजम्यानलाई घरेलु मैदान क्याम्प नाउँ प्रदर्शनीको लागि लगिनेछ। त्यहाँ उनले आफूले पाएको जर्सी लगाउँनेछन्।

    यद्यपी त्यसबेला समर्थकलाई भने उपस्थित नगराइने भएको छ। मर्काका अनुसार ग्रीजम्यानसँग रिसाएका समर्थकले उनलाई आक्रमण गर्न सक्छन्।

    सिजन सुरुवात हुन अझै ३ हप्ता बाँकी छ। त्यसबेलासम्म ग्रीजम्यानले बार्साका समर्थकको मन जितिसक्ने अनुमान गरिएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार