एप्पलको टीभी सार्वजनिक


  • फ्रन्टलाइन नेपाल
  • शुक्रबार, चैत्र १५, २०७५

  • काठमाडौं, चैत १५ ।  एप्पलले आफ्नो टेलिभिजन प्रसारण प्लेटफर्म सार्वजनिक गरेको छ । एप्पल टीभी प्लस नाम दिएर यो एप्पल टीभी सार्वजनिक गरिएको हो ।
    एप्पलको प्रधान कार्यालयमा जेनिफर एनिस्टन, स्टिभन स्पीलबर्ग र ओपरा विनफ्रेको उपस्थितिमा यसको सार्वजनिक गर्ने कार्य सम्पन्न भएको हो । एप्पलको टीभी परियोजनामा यी तीन जनाको महत्वपूर्ण योगदान रहेको छ ।

    अहिलेका टेलिभिजन सेवा हुलु र एचबीओलाई यो प्लेटफर्ममा समावेश गरिनेछ ।
    एप्पलले क्रेडिट कार्ड पनि ल्याउन लागेको जनाएको छ ।

    क्यालिफोर्नियामा एप्पल प्रमुख कार्यकारी टिम कुकको उपस्थितिमा यो कार्यक्रम सम्पन्न भएको थियो । अमेजन र नेटफ्लिक्स जस्तै यो एप्पल टीभीले सेवा उपलब्ध गराउनेछ । एप्पल टीभी प्लस एपको अनावरण स्टिभन स्पीलबर्गले गरेका थिए । स्पीलबर्ग आफै पनि यो नयाँ प्लेटफर्मका लागि केही सामग्रीको उत्पादन गरिरहेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार