एमजी जेडएस इभी आधिकारिक रुपमा नेपालमा सार्वजनिक


  • फ्रन्टलाइन नेपाल
  • बिहिबार, मंसिर २६, २०७६

  • नेपालका लागि एमजी गाडीको अधिकृत वितरक तथा आयातक पारामाउन्ट मोटर्स प्रालिले नक्साल शोरुमबाट आफ्नो प्रतिक्षित नयाँ विद्युतीय एसयूभी एमजी जेडएस गाडी आधिकारिकरुपमा सार्वजनिक गरेको छ । कार्यक्रममा कम्पनीले हप्ताभित्र ४० जना ग्राहकहरुलाई एमजी जेडएस इभी हस्तान्तरण गरिसकेको छ ।

    एमजी जेडएस इभीले यो भेरियन्टका लागि जुलाईमा प्रिबुकिङ खुलाएको थियो जसमा नेपालमा १५० भन्दा बढी बुकिङ भइसकेको छ ।

    विद्युतीय एसयूभी एमजी जेडएसले ११० किलोवाट पावर र ३५० एनएम अधिकतम टर्क दिन्छ र यसमा भएको लिथियम आयन ब्याट्रीले ३० मिनेटमा ८० प्रतिशत सम्म चार्ज हुन्छ । एमजी जेडएस इभीलाई एक पटक चार्ज गरेपछि ४२८ किमीसम्मको माइलेज दिन्छ र यसको ब्याट्री लाइफमा ८ वर्ष अथवा १ लाख ५० हजार किलोमिटर वारेन्टी रहेको छ । गाडी ४९ लाख ९९ हजार रुपैयाँ शुरूवाती मूल्यमा उपलब्ध छ ।

    पारामाउन्ट मोटर्स प्रालिका जनरल म्यानेजर सचिन अर्यालले भने, ‘हाम्री नयाँ विद्युतीय एसयुभी एमजी जेडएस इभी नेपालमा सार्वजनिक गर्न पाउँदा निकै उत्साहित छौं । एमजी जेडएस इभीले नेपालको विद्युतीय गाडीको बजारमा नयाँ बेन्चमार्क कायम गर्नेछ भन्ने आशा राखेका छौं । हामीले अन्य ६६ थान गाडीहरु जनावरी २०२० को पहिलो हप्ताभित्रै ग्राहकहलाई हस्तान्तरण गर्नेछौं र वितरण प्रत्येक महिना जारी रहने छ ।’

    एमजी, मोरिस ग्यारेज ९६ वर्ष पुरानो ब्रिटिस ब्राण्ड हो, जसको युरोप, नेदरल्याण्ड, नर्वे, भारत, श्रीलंका, थाइल्याण्ड, इन्डोनेशिया, चिली, अस्ट्रेलिया, न्यूजील्याण्ड, मिडल इस्ट र नेपालमा उच्च माग रहेको छ । यसको नयाँ भेरियन्ट एमजी जेडएस इभीले युरोपमा ३००० भन्दा बढी अर्डर प्राप्त गरिसकेको छ । विश्वभर एमजीका उत्पादनहरू ६० भन्दा बढी देशमा बिक्री हुँदै आइरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार