एल क्लासिको : सुरक्षाका कारण स्थगित


  • फ्रन्टलाइन नेपाल
  • शुक्रबार, कार्तिक १, २०७६

  • रोयल स्पेनिस फुटबल महासंघले एल क्लासिको भिडन्त स्थगित गरेको छ। स्पेनिस महारथी क्लबद्वय बार्सिलोनाका र रियल म्याड्रिडबीच आगामी अक्टोबर २६ का लागि तय भएको ला लिगा अन्तर्गतको खेल स्थगित गरिएको हो।

    फुटबल महासंघले सुरक्षाको कारण देखाउँदै खेल स्थगित गरेको हो। खेल बार्सिलोनाको घरेलु मैदान क्याम्प नेउमा हुने तय थियो। स्पेनिस सर्वोच्च अदालतले क्याटालान नेतालाई जेल हाल्ने आदेश दिएसँगै बार्सिलोना क्षेत्रमा तनाव छ।

    २०१७ मा जनमत संग्रहको माग गर्दै बार्सिलोना क्षेत्रमा ठूलो प्रदर्शन गरिएको थियो। सो प्रदर्शनमा दोषी ठहर गर्दै क्याटालान नेतालाई जेलको सजाय सुनाइएको हो।

    आदालतको आदेशसँगै समर्थकले बार्सिलोना र रियलबीच खेल हुने दिन ठूलो प्रदर्शनको तयारी गरेका थिए। बार्सिलोना र रियलबीचको खेल टेलिभिजनबाट विश्वभर ५६ करोड मानिसले हेर्न गरेका छन्।

    अब फुटबल महासंघले आगामी सोमबार एल क्लासिकोको नयाँ मिति घोषणा गर्नेछ। एल क्लासिकोका लागि १८ डिसेम्बर उपयुक्त मिति हुने सुझाव दिइएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार