ओप्पो एनाइनको ‘भ्यानिला मिन्ट एडिशन’ सार्वजनिक


  • फ्रन्टलाइन नेपाल
  • मङ्लबार, पुस १, २०७६

  • काठमाडौं । ओप्पोले ए सिरिजअन्तर्गतको ‘एनाइन २०२०’ स्मार्टफोनलाई ‘भ्यानिला मिन्ट एडिशन’मा नेपाली बजारमा सार्वजनिक गरेको छ । ओप्पोले नजिकिँदै गरेको क्रिसमसलाई लक्षित गरी उक्त नयाँ एडिशन सोमवार सार्वजनिक गरेको हो ।

    गत सेप्टेम्बरमा मरिन ग्रीन र स्पेस पर्पल रंगमा सार्वजनिक एनाइन २०२० लाई हाल कम्पनीले नयाँ रूप दिएको हो । मिन्ट एडिशनमा गेमिङ तथा मल्टिटास्किङका लागि स्न्यापड्रागन ६६५ मोबाइल प्ल्याटफर्म जडान गरिएको ओप्पोले बताएको छ । यसमा ८ जीबी र्‍यामका साथमा १०२ जीबी मेमोरी क्षमता छ । त्यस्तै, क्यामेराअन्तर्गत एफ १ दशमलव ८ अपर्चरसहितको ४८ एमपी लेन्स र ११९ डिग्री फिल्ड अफ भ्यू दिने अल्ट्रावाइड ८ एमपी लेन्स रहेको उक्त फोनमा ५ हजार एमएएच क्षमताको ब्याट्री छ ।

    ओप्पोले नेपालभर रहेका प्रमुख विक्री केन्द्रमा उक्त फोन उपलब्ध हुने बताएको छ । कम्पनीले यसको बजार मूल्य रू. ३३ हजार ५९० निर्धारण गरेको छ । उक्त स्मार्टफोन मरिन ग्रीन र स्पेस पर्पल रंगमा उपलब्ध छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार