ओलम्पियन विष्ट कोरोना संक्रमित


  • फ्रन्टलाइन नेपाल
  • बिहिबार, मंसिर ११, २०७७

  • काठमाडौँ, ११ मंसिर। ओलम्पियन एवं तेक्वान्दो प्रक्षिक दीपक विष्ट कोरोना भाइरसबाट संक्रमित हुनुभएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घका पूर्वअध्यक्ष समेत रहनुभएका विष्टले आफू कोरोनाबाट संक्रमित भएको आज सामाजिक सञ्जालमार्फत जानकारी दिनुभएको हो ।

    उहाँसहित परिवारका ६ जनामा कोरोना संक्रमण देखिएको छ । परिवारका अन्य सदस्य कोरोनाबाट मुक्त भइसकेको विष्टले जानकारी दिनुभएको छ । संक्रमणबाट जोगिन शारीरिक दूरी कायम गर्न र मास्कको प्रयोग अनिवार्य रुपमा गर्न उहाँले आग्रह गर्नुभएको छ । कोरोना पुष्टि भएपछि विष्ट होम आइसोलेसनमा बस्नुभएको छ ।

    उहाँकी पत्नी एवं १३ औं दक्षिण एसियाली खेलकूद (साग)मा तेक्वान्दोतर्फ दोहोरो स्वर्ण पदक विजेता आयशा शाक्य पनि कोरोना संक्रमणबाट मुक्त हुनुभएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार