ओलीले बोलाए केन्द्रीय समिति बैठक


  • फ्रन्टलाइन नेपाल
  • सोमवार, पुस ६, २०७७

  • काठमाडौँ, ६ पुस । नेकपा अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठक बोलाएका छन् । मंगलबार बिहान ९ बजे बस्ने गरी बालुवाटारमा बैठक बोलाइएको हो । सोमबार स्थायी समिति सदस्य लीलामणि पोखरेलले अध्यक्ष ओलीलाई कारबाही गरिएको पत्र आयोगमा बुझाइसकेको छ । ओलीले सोमबार संसद बिघटन गर्नुको कारण बारे देशबासीको नाममा सम्बोधन गरेका छन् । प्रधानमन्त्री ओली पक्षले बिहान ९ बजे  बैठक बोलाएको छ। अर्कोतर्फ पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता माधवकुमार नेपाल समूहले दिउँसो १ बजे बैठक बोलाएको छ। प्रचण्ड–माधव समूहले कार्की बेङ्क्वेटमा बैठक बोलाएको हो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार