कसरी सुरु भयो पब्जी गेम ?


  • फ्रन्टलाइन नेपाल
  • बुधबार, फाल्गुन १५, २०७५

  • काठमाडौं , फागुन १५। काठमाडौँ –भिडियो गेम भन्दा तपार्ईलाई विभिन्न भिडियो गेमको याद आउँछ होला । विश्वमा सर्वप्रथम सन् १९५८ अक्टोबरमा भिडियो गेमको सुरुवात भएको थियो, जसको नाम थियो PONG । अहिलेको यो आधुनिक युगमा हामीलाई प्रविधिले धेरै कुरा सहज र सरल बनाइदिएको छ ।

    अहिलेका धेरै मानिसमाझ एउटा लोकप्रिय शब्द सुनिन्छ, जुन शब्द हो– PUBG । PUBG भनेको एउटा भिडियो गेम हो । यसको पूरा रुप Player UnknownÚs Battle Grounds हाे, जुन इन्टरनेटको माध्यमबाट मात्र खेल्न सकिन्छ । यो गेम खेल्न मोबाइलमा करिब २ जिबी र्यामको आवश्यकता पर्दछ । यो गेम विश्वमा करिब हरेक दिन २ करोड व्यक्तिले खेल्ने गर्छन् ।

    यो नेपालसहित विश्वका अधिकांश देशमा खेलिन्छ । यो गेम सन् २००० मा निर्मित जापानी चलचित्र ब्याटल रोयलमा आधारित छ । पब्जी गेम दक्षिण कोरियाको Blue Hole कम्पनीको सहायक कम्पनी पब्जी कर्पाेरेशनले बनाएको हो । यो गेम Brenden Greene ले बनाएका थिए, जो पब्जी गेमका लिड डिजाइनर र डाइरेक्टर हुन् । उनलाई नै अनलाइन स्टेजमा Player Unknown को नामले पनि चिनिन्छ । Brenden सुरुमा गेम डिजाइनर होइनन् ।

    आयरल्यान्डमा जन्मिएका उनी फोटोग्राफर, ग्राफिक डिजाइनर र वेब डिजाइनर थिए । उनी आफ्नोे कामको लागि ब्राजिलमा बस्थे । उनलाई गेम खेल्न निकै मन पथ्र्याे । उनी धेरै प्रकारका भिडियो गेम खेल्थे । एक दिन उनी DAYZ भिडियो गेम खेलिरहेका थिए । उनी यो गेम र Battle Royal फिल्मबाट निकै प्रभावित भए र अब म पनि गेम बनाउँछु र उद्योगमा प्रवेश गर्छु भन्ने निर्णय गरे । गेम उद्योगमा छिर्नको लागि उनले प्रोग्रामिङ सिके । यो सिकिसकेपछि उनले विभिन्न गेममा भएका कमजोरीहरु खोजेर परिवर्तन गरे ।

    उनी एउटा यस्तो गेम बनाउन चाहन्थे, जसलाई जति पटक खेले पनि खेलिरहौं लागोस् । उनको यो सोचबाट प्रभावित भई सोनी अनलाइन इन्टरटेन्मेन्टले उनलाई आफ्नोे कम्पनीमा H1Z1 गेमको कन्सल्टेन्टमा सामेल गरायो । यो काम पूरा हुनासाथ उनले सोनी अनलाइन इन्टरटेन्मेन्ट कम्पनीको जब छोडे । ब्रान्डेनको जस्तै सोच रहेका दक्षिण कोरियाका एक व्यक्ति थिए, जसको नाम Chang Han Kim थियो । उनको एउटा गेम डेभलपमेन्ट गर्ने कम्पनी थियो, जसको नाम थियो Ginno Games । यसको नाम २०१५ जनवरीमा परिवर्तन गरी Blue Hole राखियो ।

    Chang Han Kim पनि त्यस समयमा एक Battle Royal गेम बनाउने सोचिरहेका थिए । जब उनी गेम बनाउने भनेर खोजी गर्न थाले, त्यसपछि उनलाई Brenden को क्षमताको बारेमा थाहा भयो । उनले ब्रान्डेनलाई दक्षिण कोरिया बोलाएर आफूले बनाउने सोचेको गेमको कन्सेप्ट बताए । त्यसपछि उनीहरुले PUBG गेम मिलेर बनाउने फैसला लिए । उनीहरुले यो गेम १ वर्षमा बनाउने सोच राखे । सुरुमा यो गेम बनाउन उनीहरुले ३५ डेभलपर गेम डेभलपमेन्ट गर्नको लागि राखे । पछि आवश्यकता अनुसार डेभलपरको संख्या बढेर ७० भयो ।

    मार्च २०१७ मा उनीहरुले PUBG गेमको बेटा भर्जन सार्वजनिक गरे । यो गेम सबैले मन पराउन थाले । यसमा भएका केही कमजोरीहरु सुधार गरी २० डिसेम्बर २०१७ मा यो गेम सबैका लागि सार्वजनिक गरियो ।

    यसैगरी फेब्रुअरी २०१८ मा एन्ड्रोइड र आइओएसको लागि पनि याे गेम सार्वजनिक गरियो । यसलाई सुरुवाती चरणमै सबैले मन पराउन थाले । सार्वजनिक भएको केही महिनामै यो विश्वको नम्बर वान गेम बन्यो । यो गेमलाई One of The Best Selling of All Time Game मा सामेल गरियो ।

    यो गेमलाई अहिलेसम्म Best Multiplayer Game, pc game of the year, action game of the year , espoerts game of the year, Trending Game of the year तथा अन्य धेरै अर्वाडहरु प्राप्त भइसकेको छ ।

    पब्जी सार्वजनिक भएको ३ दिन भित्रमा यसले ११ मिलियन अमेरिकी डलर कमाइ गरिसकेको थियो । सार्वजनिक भएको ४ हप्ताभित्रै करिब १ करोड राउन्डभन्दा पनि बढी खेलिसकिएको थियो । ब्रान्डेनले पब्जी बनाउनुअघि Arma III / King of the kill जस्ता ब्याटल सोयल गेमको डिजाइनर र कन्सल्ट गरिसकेका थिए ।

    पब्जीकाे Erangel MaP पनि Brenden ले नै डिजाइन गरेका थिए । दोस्रो विश्वयुद्धमा यो आइल्यान्ड सोभियत सेनाले कब्जा गरेका थिए । जब आइल्यान्डका जनता र सोभियत सेनाबीच युद्ध भयो, त्यसपछि यो आइल्यान्ड पूर्ण रुपमा तहसनहस भयो ।

    त्यसैले गर्दा पब्जी खेल्दा जलेका गाडी, टुटेफुटेका घर, मिलिटर बेस र फ्याक्ट्री आदि देखिन्छन् । पब्जीका प्लेयर मोबाइल र कम्प्युटरमा गरी ४ मिलियर भन्दा बढी छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार