कसले जित्लान त फिफा वर्ष खेलाडीकाे अवार्ड ? फैसला आज


  • फ्रन्टलाइन नेपाल
  • सोमवार, अशोज ६, २०७६

  • काठमाडाैं । विश्व फुटबल महासंघ (फिफा) ले सन् २०१९ को उत्कृष्ट फिफा वर्ष खेलाडी अवार्ड आज प्रदान गर्दैछ । मनाेनयमा तीन खेलाडीकाे नाम यसअघि नै सार्वजनिक गरेकाे फिफाले आज राति इटालीको मिलानमा विशेष कार्यक्रम गरेर अवार्ड प्रदान गर्दैछ ।

    मनोनयनमा परेका उत्कृष्ट पुरुष खेलाडीमा लियोनल मेस्सी (बार्सिलोना/अर्जेन्टिना), क्रिस्टियानो रोनाल्डो (युभेन्टस/पोर्चुगल) र भर्जिल भान डाइक (लिभरपुल/नेदरल्यान्ड्स) रहेका छन् । उत्कृष्ट पुरुष गोलरक्षकतर्फ लिभरपुलर/ब्राजिलका एलिसन बेकर, म्यानचेस्टर सिटी/ब्राजिलका एन्डरसन र बार्सिलोना/जर्मनीका मार्क टेर स्टेगेन छन् । उत्कृष्ट पुरुष प्रशिक्षकतर्फ म्यानचेस्टर सिटीका पेप ग्वार्डीओला, लिभरपुलका योर्गेन क्लप र टोट्टनहामका माउरिसिओ पोचेटिनो मनाेनयमा परेका छन् ।

    त्यस्तै उत्कृष्ट महिला खेलाडीमा अमेरिकाकी मेगन रापिनो, अमेरिकाकै एलेक्स मोर्गन र इङ्ल्यान्ड लुसी ब्रोन्ज रहेका छन् । उत्कृष्ट महिला गोलरक्षकमा स्वीडेनकी हेडभिग लिडहल, चिलीकी क्रिस्टियन एन्डलर र नेदरल्यान्ड्सका सारी भान भीनेनडाल छिन् । उत्कृष्ट महिला प्रशिक्षकमा  अमेरिकाकी जील एल्लिस,इङ्ल्यान्डकी फिल नेभील र नेदरल्यान्ड्सकी सरिना वियगमन छिन् ।

    फिफा पुस्कास अवार्डमा बार्सिलोना/अर्जेन्टिनाका लियोनल मेस्सी, रिभर प्लेटर/कोलम्बियाका जुआन फेर्नान्डो क्वेटेरो र डेब्रेसेनी/रोमानियाका डेनियल जसोरी रहेका छन् ।

    फिफाले विश्वभरका फुटबल समर्थकको मतदानका आधारमा उत्कृष्ट वर्ष खेलाडी र प्रशिक्षकलाई अवार्ड प्रदान गर्ने जनाएकाे छ । जसमा फिफामा आबद्ध सबै देशका राष्ट्रिय प्रशिक्षक र कप्तान, क्षेत्रीय प्रतिनिधित्व हुनेगरी छनोट भएका पत्रकार तथा फिफा डट कमबाट मतदान गर्नेछन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार