काठमाडौंमा डा. विवेक बिन्द्रा


  • फ्रन्टलाइन नेपाल
  • शुक्रबार, चैत्र १५, २०७५

  • काठमाडौं, चैत १५ । चर्चित भारतीय मोटिभेस्नल स्पिकर तथा बिज्नेश कोच डा. विवेक बिन्द्रा काठमाडौं ओर्लिदैछन् । भोली दिउसो १२ बजे कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा उनले मोटिभेस्नल स्पिच दिदैछन् । ‘बाउन्स ब्याक विद् डा. विवेक बिन्द्रा’ शिर्षकमा कार्यक्रम हुन लागेको हो । डा. विवेकको युट्युब ‘Dr. Vivek Bindra: Motivational Speaker’ लाई अहिले सम्म ७६ लाख ८७ हजार ४ सय ६६ ले सब्सक्राइब गरेका छन् । उनले अपलोड गरेको मोटिभेस्नल भिडियोहरु संसारभरबाट धेरै हेरिन्छन् ।

    उद्यमी, व्यवसायी बन्न चाहनेहरुलाई डा. विवेकका भिडियोहरु निकै उपयोगी हुन्छन् । केही अघि उनले नेपालका ५ सुपरहिरो शिर्षकमा भिडियो बनाएका थिए । जसमा कुलमान घिसिङ, डा. सन्दुक रुइत, महाबिर पुन, अनुराधा कोइराला र उत्तम सञ्जेलको संघर्ष र योगदानका विषयमा चर्चा गरिएको थियो ।

    भोली हुन लागेको कार्यक्रममा सहभागी बन्न बाल्कोनीका लागी ५ हजार रुपैंया, सामान्य ७ हजार ५ सय रुपैंया“ टिकट दर तोकिएको छ । रजिस्ट्रेसन गरेका व्यक्तिहरुले मात्र कार्यक्रममा सहभागी हुन सक्नेछन् । बाउन्स ब्याक विद् डा. विवेक बिन्द्रा कार्यक्रममा सहभागी बन्नका लागी साढे १० बजे गेट खुल्ला हुनेछ । भोली हुन लागेको कार्यक्रम जिनियस इन्साइडरले आयोजना गर्न लागेको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार