किन खानुपर्छ अदुवा हालेको चिया ?


  • फ्रन्टलाइन नेपाल
  • आइतवार, फाल्गुन २६, २०७५

  • काठमाडौं , फागुन २६ ।  काठमाडौँ – आज भोलिको जाडो मौसममा प्राय जसो अदुवा राखेको, मरिच राखेको चिया पिउने गर्छौ । तर हामी कतिलाई थाहा नहुन सक्छ की यस्तो चिया खानाले शरिरमा कस्तो फाइदा हुन्छ ?   चिया पिउनु हरेक मानिसको आदत नै हुन्छ । भेटघाटदेखि छलफलसम्म चिया नै पिउने प्रचलन छ । तर, प्राय मानिसहरु अदुवा हालेको चिया पिउन मन पराउँछन् ।  भर्खरै भएको एक अध्ययनमा अदुवा हालेको चिया खाँदा स्वादका साथै शरीरका लागि महत्वपूर्ण फाइदाहरु समेत हुने गरेको तथ्य पत्ता लागेको छ ।

    चिकित्सकहरुका अनुसार जाडोमा अदुवा हालेको चिया पिउनुको आफ्नै महत्व छ । अदुवामा भिटामिन सीको मात्रा उच्च हुन्छ भने म्याग्नेसियम र अन्य खनिज पनि पाइन्छ । अदुवाको जरा स्वास्थ्यका लागि अत्यन्तै राम्रो मानिन्छ । अदुवाको चिया बनाउँदा मह र कागती समेत मिलाउन सकिन्छ ।

    यस्ता छन् अदुवा चिया पिउनुका ८ फाइदा :

    १.बान्त हुने र विरामी पर्ने हुँदैन:
    कुनै पनि यात्रा शुरु गर्नु अघि अदुवा हालेको चिया पिउँदा बाटोमा हुन सक्ने वान्त वा अन्य विमारी हुने समस्या आउँदैन । अलि अलि असजिलो महसुस भएको समयमा पनि अदुवा भएको चिया खानु राम्रो हुन्छ ।

    २.पाचन प्रणालीमा सुधार:
    अदुवाले पाचन प्रणालीका क्रियाहरु सहज तुल्याउँछ । अधिक खानेकुरा सेवन गरेको समयमा पनि एक कप अदुवा भएको चिया खानु उपयुक्त हुन्छ ।

    ३.दुखाइमा पनि औषधी:
    अदुवाले तपाइँको शरीरको कुनै भागमा भएका जलन वा दुखाइलाई पनि कम गर्छ । मांसपेसी र जोर्नीको दुखाइमा पनि अदुवाको सेवन सहायक हुन्छ ।

    ४.श्वाप्रश्वासको समस्यामा औषधी:
    अदुवाको चियाले  श्वाप्रश्वासको समस्या हुनेलाई पनि लाभ गर्छ । चिसो लागेको समयमा एक कप अदुवा हालेको चिया लाभदायी हुन्छ । त्यसैगरी वातावरणीय एलर्जीलाई पनि निवारण गरिदिन्छ ।

    ५.रक्त सञ्चारमा सुधार:
    अदुवामा रहेको भिटामिन र खनिज एवं एमिनो एसिडले रक्त सञ्चारलाई राम्रो पार्छ र विभिन्न रोगको खतराबाट बचाउँछ । हृदयघात देखि अन्य मुटु सम्बन्धी समस्या समेत अदुवाको चियाबाट कम गर्न सकिन्छ ।

    ६.महिनाबारीको समाधान:
    अदुवाको चियाले महिलालाई हुने महिनाबारीको समस्या समाधान गरिदिन्छ । अदुवाको चिया तल्लो पेटमा लगाउँदा पनि यसले दुखाइ कम गर्छ । अदुवा चियामा मह मिसाउन सकेन त्यसले झनै राम्रो गर्छ ।

    ७.रोग प्रतिरोधात्मक क्षमतामा वृद्धी:
    अदुवाले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । अदुवाको चियामा उच्चस्तरको एन्टीअक्सीडेन्ट हुन्छ जसले रोगसँग लड्ने क्षमता बढाउँछ ।

    ८.दिकदारी कम गर्छ:
    अदुवा हालेको चिया सेवन गर्दा दिकदारी र तनाव कम गर्छ । चियाँ र अदुवाबाट बन्ने कडा रसायनले यस्तो लाभ दिने चिकित्सकहरुको भनाइ छ ।

    एजेन्सी ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार