किन सेवन गर्छन् भगवान शिवले भाङ, धतुरो र गाँजा ? यस्तो छ कारण


  • फ्रन्टलाइन नेपाल
  • सोमवार, फाल्गुन २०, २०७५

  • काठमाडौं , फागुन २० ।  काठमाडौँ -भाङ, धतुरो तथा गाँजालाई भगवान शिवको प्रसादको रुपमा लिइन्छ । यही कारणले शिव भक्तहरूले यसको प्रयोग गर्ने गरेको तर्क गर्छन् ।

    शिव भक्तिमा लिन भएर यसको प्रयोग गर्ने शिव भक्तहरूको संख्या धेरै नै छन् भने अन्य नशा प्रयोगकर्ताहरूले पनि शिवको प्रसाद भन्दै भाङ, धतुरा, गाँजा सेवन गर्ने गरेका छन् ।

    ‘शिवले खान हुने हामीले नहुने ?’ भन्दै नशाको प्रयोग गर्ने गरेका छन् । अब प्रश्न उठ्छ- भगवान शिवले यस प्रकारका नशायुक्त पदार्थको सेन किन गरेको होला ? वास्तवमा यसको पछाडि एक कथा लुकेको छ ।

    यस्तो छ कथा

    देवता र दैत्य मिलेर अमृतका लागि समुन्द्र मन्थन गरिरहेका थिए । उक्त समुन्द्र मन्थनमा अमृतका साथसाथ विष पनि निस्किरहेको थियो ।

    पवित्र अमृतलाई त भगवान विष्णुले अत्यन्तै सुन्दर स्त्रीको रूप धारण गरेर लगे । त्यसपछि बाँकी रह्यो विष । यो विष निकै घातक थियो । त्यसको एक थोपाले पनि पृथ्वीमा ठूलो हानी पुर्‍याउन सक्थ्यो । श्रृष्टिको लागि विनाशकारी सावित हुन सक्थ्यो । यो विषलाई यत्तिकै छोड्न मिल्दैन थियो । अब समस्या पर्न गयो कि यो विष कसले पिउने ?

    यसपछि सबै देवताले भगवान शिवलाई अनुरोध गरे । सबै देवीदेवताले शिव भगवानलाई यो विष धारण गर्न आग्रह गरे, किनकी भगवान शिवले मात्र त्यो विषको प्रकोपलाई सहन गर्न सामर्थ्य राख्थे । सबै देवताको अनुरोध र संसारको कल्याणका लागि भगवान शिवले उक्त विष पिए ।

    शिव भगवानले विष पिउना साथ उनको गलालाई शिव पत्नी पार्वतीले समातिन् । विष भगवान शिवको शरीर भित्र पस्न पाएन । विष भगवान शिवको गलामा रोकियो जसका कारण शिव भगवानलाई नीलकण्ठ भन्ने गरिन्छ ।

    विष पिउनाले भगवान शिवको स्थिति बिग्रन लाग्यो र भगवान शिव अचेत हुन लागे । तब त्यसको प्रभाव शान्त गर्नका लागि भगवान शिवलाई भांग, धतुरो, गाँजा, दूध तथा जल अर्पण गरियो ।

    भगवान शिवले भांग धतुरा चढाउने परम्परा भगवान शिवको पूजा तथा अभिषेकको एक हिस्सा बनेको हो । तर अर्को अर्थमा भांग र धतुरो नशायुक्त पदार्थ हुन् । भगवान शिवलाई भांग, धतूरो चढाउनुको अर्थ हो आफ्नो खराबीलाई भगवानलाई समर्पित गर्नु या आफ्ना नराम्रो बानी र खराबीलाई त्याग्नु नै शिवको सही अर्थमा आराधना हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार