कुलमानको पक्षमा मैनबत्ति बाल्दा प्रहरीको अवरोध


  • फ्रन्टलाइन नेपाल
  • शुक्रबार, अशोज २, २०७७

  • काठमाडौं, २ अशोज । नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङको पक्षमा समर्थन जनाउने युवाहरुलाई अवरोध भएको छ । ‘कुलमान इज् कुल्म्यान, रियल सन् अफ नेपाल’ नारा लगाउने चन्द्रागिरी नगरपालिकाका युवाहरुलाई प्रहरीले हस्तक्षेप गरेको छ ।

    शुक्रबार साँझ सामाजिक अभियन्ता उत्तम कार्कीले अगुवाई गरेको समुहले कुलमान घिसिङको पक्षमा समर्थन जनाउँँदै मैनबत्ति बालेको थियो । मौन रुपमा गरिएको कार्यक्रममा प्रहरीले अवरोध गरेको हो । करिब एक दर्जन युवाहरुको समूहलाई प्रहरीले मैनबत्ति बाल्न खोज्दा हस्तक्षेप गरेको हो ।

    चन्द्रागिरी नगरपालिस्थित गुज्रुधारा चोकमा मौन बसेर मैनबत्ति बाल्दै कुलमानको पुन: नियुक्ति पक्षमा युवाहरुले सरकारको सांकेतिक बिरोध गरेका थिए । चन्द्रागिरी हिल्सको फेदीमा युवाहरुले मैनबत्ति बाल्न खोज्दा प्रहरी निरीषक गायत्री शर्मा नेतृत्वको टोली हस्तक्षेप गरेको हो । प्रहरीले सूरुमा मैनबत्ति निभाउन आग्रह गर्दा नमानेपछि प्रहरी आफैले मैनबत्ति निभाइदिएको थियो । ‘प्रहरी हाम्रो साथी होईन, ब्यानरमा मात्र सिमित । नेपाल प्रहरी हैन, नेकपा प्रहरी भयो ।’ कार्कीले थपे ।

    ‘म प्रहरी प्रशासनलाई धेरै इज्जत र माया गर्ने मानिस हो । तर, आज प्रहरी निरीक्षकको गतिबिधी देख्दाखेरी बर्दिको दम्भ देखियो ।’ कार्कीले आक्रोश पोखे ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार