‘कुली नम्बर १’ मा वरुण धवनको जोडी चुनिइन् सारा अली खान


  • फ्रन्टलाइन नेपाल
  • शुक्रबार, चैत्र ८, २०७५

  •  चैत ८ , काठमाडौं ।बलिउड नायक वरुण धवनले आफ्नो आगामी फिल्म ‘कुली नम्बर १’ को लागि नायिका भेटेका छन् ।

    लामो समयदेखि सुहाउँदो नायिकाको खोजीमा रहेका निर्माता टोलीले अन्ततः उदाउँदी नायिका सारा अली खानलाई वरुणको नायिकाको रुपमा पाएका हुन् ।

    यसअघि ‘मे तेरा हिरो’, ‘जुडवा’ को नाममा बनाइएका फिल्महरु सफल भएपछि आफ्ना पिताको अर्को फिल्म ‘कुली नम्बर १’ पनि निर्माण हुने भएको हो । यि सबै फिल्ममा पहिला गोविन्दाले हिरोको भुमिका निभाएका थिए ।

    यस फिल्मको लेखन जिम्मेवारी फरहाद सामजीले पाएका छन् । उनले यसअघि रोहित शेट्टीको सफल फिल्म ‘सिम्बा’ को पटकथा लेखेका थिए ।

    पछिल्लो समय वरुणले सफल चलचित्रहरुमा काम गरिरहेका छन् । त्यस्तै सारा अली खान पनि आफ्नो पहिलो दुई फिल्म ‘केदारनाथ’ र ‘सिम्बा’ नै हिट दिएकी छिन् ।

    यस्तोमा यि दुई युवा जोडी र चलिसकेको नाम ‘कुली नम्बर १’ को कारण यो फिल्म सफल हुन सक्ने आँकलन गरिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार