कुवेतसँग नेपालको दोस्रो मैत्रीपूर्ण खेल आज


  • फ्रन्टलाइन नेपाल
  • सोमवार, चैत्र ११, २०७५

  • चैत ११ , काठमाडौं । कुवेत भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आज घरेलु टोलीसँग दोस्रो मैत्रीपूर्ण खेल खेल्दैछ । जोहान कालिनले प्रशिक्षण सम्हालेपछि पहिलो भ्रमणमा निस्केको टोलीले दोस्रो मैत्रीपूर्ण खेलमा कुवेतको सामना गर्न लागेको हो ।

    यसअघि कुवेतविरुद्धको पहिलो मैत्रीपूर्ण खेलमा गोलरहित बराबरी खेलेको नेपाल त्यहि लयलाई निरन्तरता दिने लक्ष्यमा छ । खेल नेपाली समयअनुसार बेलुका पौने १० बजे खेल  सुरु हुनेछ । नयाँ खेलाडीसहित कुवेत पुगेका प्रशिक्षक जोहानले पहिलो खेलमा प्राप्त सफलतालाई निरन्तर दिने रणनीतिमा छन् ।

    शुक्रबार पहिलो खेलमा शारीरिक र प्राविधिक रुपमा बलियो घरेलु टोलीविरुद्ध नेपालले उत्कृष्ट प्रदर्शन गरेको थियो । कुवेतका धेरै प्रहार गोलकिपर किरण चेम्जोङले उत्कृष्ट प्रदर्शन गरेपछि नेपाल गोलरहित बराबरी खेलेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार