कोरोना बन्दाबन्दी र वातावरणमा परेको असर


  • फ्रन्टलाइन नेपाल
  • शुक्रबार, भदौ ५, २०७७

  • विजय रिजाल
    अहिले हामी कोभिड-१९ को मुख्य चपेटामा छौं । बढ्दो र अव्यवस्थित शहरीकरण अनि फितलो सुरक्षा ब्यबस्थाका कारण सहरी क्षेत्रमा संक्रमण बढ्दो छ । विभिन्न विकसित राष्ट्रहरुले भ्याक्सिन उत्पादन गरेको भनिएता पनि पूर्ण रूपमा हाम्रो देशमा आइपुग्न पक्कै समय लाग्ला त्यसै कारण अहिलेको लागि मास्क लगाउनु र समाजिक दुरि कायम गर्नु नै कोरोना भाइरस बाट बच्ने उपाय देखिएको छ। कोरोनाको कारणले यातायातको साधन र कलकारखाना पर्याप्त मात्रामा संचालन नभएकै कारण वायुमण्डलमा वायु प्रदुषण कम भएको भनिएता पनि जल प्रदुषण भइ जल प्राणीको पारिश्थितिक प्रणालीमा असर परेको देखिएको छ ।

    कोरोनाको कारणले नै वातावरणमा प्रत्यक्ष असर नपरे पनि अप्रत्यक्ष रूपमा असर परिरहेको छ। कोरोनाको डर र यसबाट बच्नका लागि हामीले बजारमा उपलब्ध विभिन्न मास्क र पन्जा प्रयोग गर्ने गरेका छौं । त्यसमा पनि अधिक मात्रामा पेपर मास्क प्रयोग गर्ने गरिएको छ। प्रयोग भएको मास्क र पन्जा को उचित ब्यबस्थापन नहुनु नै अहिलेको मुख्य समस्याको रुपमा देखिएको छ । अव्यवस्थित रूपमा बाटोमा देखिने प्रयोग भएको मास्क र पन्जाले संक्रमण फैलाउन सक्ने समस्या त छदैछ, त्यसैमाथी वातावरण प्रदुषण पनि गर्छ । यसको ब्यबस्थापन उचित नभए नदिको किनार र समुन्द्री तटमा छ्याप्छ्याप्ती प्रयोग भएका मास्क पन्जा भेटिन सक्छ ।

    यसअघि नै समुद्री तटमा बर्सेनि १ मिलियन टन भन्दा बढी प्लाष्टिक जन्य फोहोर भेटिने गरेको पाइएको थियो । अब त्यो भन्दा बढी भेटिन सक्ने सम्भावना देखिएको छ । लकडाउनको (बन्दाबन्दी) कारण कम व्यक्तिहरू यात्रा गरिरहेका छन् र कम औद्योगिक गतिविधि भएका छन् । तर, यस्तो बेला क्वारेन्टाइन अर्थव्यवस्थाले अधिक व्यक्तिहरूलाई अनलाइनबाट चलाएको छ जसका कारण अनलाईनबाट अर्डर गरिएका खाद्यान्नको प्याकेजिङले अधिक फोहोरको परिणाम दिन्छ।

    तर, सरोकारवाला संस्थाहरुले खासै यसमा ध्यान दिएको पाइएको छैन । यसको उचित ब्यबस्थापन गर्नु अहिलेको आवश्यकता देखिएको छ । यसको लागि हामीले जति सकेको सहयोग गरौ। पुनस् प्रयोग कम प्रयोग र रीसाइकल (Reuse, Reduce & Recycle) लाई प्राथमिकता दिऔं । मास्क र पन्जा लगाऔं स्वास्थ्य बचाऔं , प्रयोग भएका मास्कको उचित ब्यबस्थापन गरौँ वातावरण जोगाऔं ।

    (लेखक वातावरण विद हुन् )

    प्रतिक्रिया
    सम्बन्धित समाचार