कोरोना भाइरसको कारण खाली रंगशालामा युभेन्ट्स र इन्टर प्रतिस्पर्धा


  • फ्रन्टलाइन नेपाल
  • शुक्रबार, फाल्गुन १६, २०७६

  • एजेन्सी । आउँदो आइतबार राति हुन लागेको इटालियन घरेलु लिग सिरी एको एक महत्वपूर्ण खेल खाली रंगशालामा खेलाइने भएको छ । चीनको वुहानबाट शुरु भएको कोरोना भाइरसको संक्रमण इटालीमा पनि देखिएपछि सिरी ए आयोजक कमिटीले युभेन्ट्स र इन्टर मिलानबीचको खेल खाली रंगशालामा खेलाउन लागेको हो ।

    युभेन्ट्सको घरेलु मैदान एलिनाज एरिनामा हुने खेल महत्वपूर्ण मध्येको एक हो । २५ खेल खेलेको युभेन्ट्स ६० अंकको साथ लिगको शीर्ष स्थानमा छ । एक खेल कम खेलेको इन्टरको ५४ अंक छ । लात्सियोसहित यी दुई क्लबलाई सिरी एको उपाधि दावेदारको रुपमा हेरिएको छ तर, महत्वपूर्ण भनिएको खेलमा दर्शकहरु भने हुने छैनन् । बिहीबार बसेको लेगा सिरीको कमिटीले यो निर्णय गरेको हो ।

    त्यस्तै कमिटीले युडिनेसविरुद्ध फियोरिन्टना, एसीमिलानविरुद्ध जेनो, पार्माविरुद्ध एसपीएल तथा सास्सुओलोविरुद्ध बेरिसियाको खेल पनि खाली रंगशालामा खेलाइन लागेको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार