कोरोना भाईरसको कारण फिफा क्लब विश्वकप स्थगित


  • फ्रन्टलाइन नेपाल
  • बिहिबार, चैत्र ६, २०७६

  • युरोपियन फुटबल क्लबहरुको ठूलो प्रतियोगिताहरुमा पर्ने फिफा क्लब विश्वकप स्थगित भएको छ । चीनमा आयोजना हुने सन् २०२१ को प्रतियोगिता स्थगित भएको हो । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरसको कारण प्रतियोगिता स्थगित गरिएको फिफाले जनाएको छ ।

    क्लब विश्वकप जुन १७ देखि जुलाई ४ सम्मका लागि तय भएको थियो । फिफाले कोरोनाको प्रकोपको अवस्था हेरेर नयाँ मिति तय गर्ने बताएको छ । कोरोनाको कारण विश्वभरका ठूला खेलकुद प्रतियोगिता स्थगित भएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार