कोहलीको नाममा अर्को कीर्तिमान


  • फ्रन्टलाइन नेपाल
  • बिहिबार, अशोज २, २०७६

  • काठमाडौं । भारतीय क्रिकेट ब्याट्सम्यान एवं कप्तान विराट कोहलीले नियमित जसो विश्व कीर्तिमान रच्दै आएका छन् ।

    उनले पछिल्लो समय एउटा उत्कृष्ट कीर्तिमान बनाएका छन् तीन वटै फर्मेटको खेलमा । उनले टेष्ट, एक दिवसीय र टी–२० मा ५० भन्दा बढीको रन रेटमा रन जोड्ने कीर्तिमान बनाएका छन् ।

    उनी तीन वटै फर्मेटमा ५० भन्दा माथिको औसतमा रन जोड्ने विश्वका एकमात्र खेलाडी हुन् ।

    बुधबार राति दक्षिण अफ्रिकाविरुद्धको टी–२० को दोस्रो खेलमा नटआउट ७२ रन बनाएपछि कोहलीले यो रेकर्ड आफ्नो नाममा लेखाएका हुन् ।

    उनले टेष्टमा ५३.१४, एक दिवसीयमा ६०.३१ र टी–२० मा ५०.५८ को औसतमा रन बनाएका छन् ।

    ७९ टेष्ट खेल्दै कोहलीले ६७४९ रन बनाएका छन् । एक दिवसीयमा २३९ खेलबाट ११५२० रन बनाएका कोहलीले ७१ टी–२० मा २४४१ रन बनाएका छन् ।

    कोहलीले २२ पटक ५० प्लस रन जोडेका छन् । यो पनि कीीतृमन नै हो । उनले भारतकै रोहित शर्माको २१ अर्धसतकको कीर्तिमान भंग गरेका हुन् ।

    तेस्रो स्थानका मार्टिन गुप्लिटको १६ अर्धसतक छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार