को हुन् सल्ट वे ? किन सबै फुटबल स्टारहरु उनिसँग नजिक छन् ?


  • फ्रन्टलाइन नेपाल
  • शुक्रबार, फाल्गुन १६, २०७६

  • विश्वका चर्चित फुटबलरहरु पछिल्लो समय ‘सल्ट वे’ अर्थात् न्यूसरेट गोचेसँग नजिक छन् । प्रायः चर्चित फुटबलरहरु उनले तयार गरेको मासुका परिकार खान रुचाउँछन् । त्यतिमात्रै होइन उनीले तयार गरेको खानाका परिकार खाएको फोटो आफ्नो सामाजिक संजालमा समेत राख्छन् ।

    Image result for salt bae with footballers

    टर्कीका सल्ट वे १४ वर्षको उमेरदेखि मासु काट्ने पेशामा आबद्ध भएका हुन् । उनको एउटा सपना अर्जेन्टिनामा बस्नु थियो । तर, उनलाई आफ्नो मालिकले त्यसको लागि स्वीकृति दिएनन् त्यसपछि उनले काम छोडेर बैंकबाट १५ सय डलर ऋण लिए । त्यसपछि उनी बुइनो एरिस उडें । त्यो समयमा उनलाई अंग्रेजी तथा स्पेनिस भाषा आउदैन थियो । तर, उनको कामप्रतिको इमान्दारिता, तरिका तथा भाग्यले उनले सफलता पाए । हाल उनले विश्वको १३ राष्ट्रमा रेष्टुरेन्ट खोलेका छन् ।

    उनको रेष्टुरेन्टमा फुटबल स्टारहरु लियोनल मेसी, पाउल पोग्बा, क्रिस्टियानो रोनाल्डो, करिम बेन्जेमा, डेभिड बेकहाम, लगायतका पुगेका छन् । उनले तयार पारेको मासुका परिकार खाएका छन् । तर, सबै स्टारहरु उनको रेष्टुरेन्टमा किन जान्छन् त ?

    Image result for salt bae with footballers

     

    यसको पहिलो कारण हो, उनको कला । उनलाई कसरी मान्छेहरुको ध्यान खिच्ने भनेर थाहा छ । सामाजिक संजालमा पोस्ट भएका भिडियोहरुमा उनले अलग तरिकाले मासु काटेको देख्न सकिन्छ । त्यस्तै, नुन राख्ने तरिका पनि अचम्मको छ । उनले सँधै लगाउने कालो चस्मा, परिहन लगाउने तरिकाको कारण पनि उनी चर्चामा छन् ।

    अर्को कारण हो, उनको रेष्टुरेन्ट रहेको स्थान । सल्ट बेलाई चर्चित सेलिब्रेटीहरु कहाँ समय बिताउँछन् भन्ने कुरा थाहा छ । उनले सोही स्थानहरु जस्तै, दुबाई, इस्तानबुल, मायामी, न्यूयोर्क लगायतका ठाउँमा रेष्टुरेन्ट खोलेका छन् ।

    अर्को महत्वपूर्ण कारण उनले तयार गर्ने खाना हो । उनको रेष्टुरेन्टमा तयार हुने परिकार खेलाडीहरुको डाइटको लागि उपयुक्त छ । खेलाडीहरुले चिन्ता नलिइकन उनको रेष्टुरेन्टमा पाइने परिकार खान सक्छन् । उनको रेष्टुरेन्टमा बेलुका मनोरञ्जनात्मक कार्य पनि हुने गरेको छ ।  उनले थुप्रै फुटबल स्टारहरु साथी बनाएका छन् । उनलाई फुटबल स्टारहरुले निमन्त्रणा समेत दिने गरेका छन् ।

    Image result for salt bae with footballers

    प्रतिक्रिया
    सम्बन्धित समाचार