खानाकाे अभाबमा सडकका रहेका भाेका व्यक्तिलाई खाना खुवाउन कुमारी बैंककाे सहयाेग


  • फ्रन्टलाइन नेपाल
  • आइतवार, कार्तिक २, २०७७

  • काठमाडौं, २ कात्तिक । सामाजिक अभियन्ता एवं युवा समाजसेवी प्रदिप घिमिरे अमूल्यको अगुवाईमा लकडाउन सुरु भए यतादेखि अहिलेसम्म करिब २० हजार भन्दा बढीलाई भोजन तथा ४ सय भन्दा बढीलाई राहत वितरण भएको छ ।

    उनले काठमाडौंका मैतिदेवी, सेतोपुल, पुरानोबानेश्वर, बत्तिसपुतली, गौशाला, पशुपति लगायत विभिन्न देवालय, शिवालय, मठ, मन्दिर, पाटीपौवा, खोला किनारा, पुल मूनी, ढलको पाइप भित्र तथा सडक किनारामा भोकभोकै बस्न बाध्य भएका ब्यक्तिहरुलाई २०७६ चैत्र २९ गतेदेखि साँझ निरन्तर निशुल्क भोजन सेवा सञ्चालन गरिरहेका छन् । रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नम्बर ४ सालु स्थायी घर भई विगत १५ वर्षदेखी काठमाडौं बस्दै आएका घिमिरेले काठमाडौं उपत्कामा मात्र नभई रामेछापसम्म पुगेर पनि राहत वितरण गरेका थिए ।

    उनले खाना खुवाउने मात्र होइन, जसको चुलो निभेको छ उसको चुलो बाल्न पनि पछि पर्दैनन् । घिमिरे अप्ठ्यारोमा परेका हर कोहीलाई आफूले सकेको सहयोग गर्छन् ।

    उनले नै खाना खुवाइरहेका बारा निजगडका सोम बहादुर लामालाई ज्वरो आएपछि २१ गते अस्पताल जान गाडी भाडा दिएर पठाएका थिए भने भोलिपल्ट रिपोर्ट लिन जान पनि भाडा दिएर पठाएका थिए ।

    तर, टेकु अस्पतालले लामालाई कोरोना पोजेटिभको रिपोर्ट हातमा थमायो । र, औषधी किन्न भन्यो तर रिपोर्टमा के छ भन्ने कुरा समेत जानकारी गराएन । तर लामाको रिपोर्ट हेरेपछि उनीमा कोरोना पोजेटिभ रहेको घिमिरेले पत्तो पाए । र, अथक प्रयास गरी बाग्मती प्रदेशका माननीय नरोत्तम वैद्यको सहयोगमा एम्बुलेन्सको व्यवस्था गरी उपचारका लागि दहचोकमा रहेको मनमोहन अस्पतालमा पठाए । हाल निजको सो अस्पतालको आइसोलेसनमा उपचार चलिरहेको छ ।

    घिमिरेले गरेको कार्यको प्रभाव स्स्वरुप बैंक तथा वित्तिय संस्थाहरुले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत सहयोग पुर्‍याउन थालेका छन् । यसै क्रममा अग्र भागमा देखा गर्‍यो कुमारी बैक लिमिटेड । प्राय जसो मुलुकमा उत्पन्न हुने दैविक प्रकोपमा कुमारी बैंक सँधै अग्रभागमा देखा परिरहेको छ । यसै सिलसिलामा कुमारी बैंक लिमिटेडले घिमिरेको यो सामाजिक कार्यलाई निरन्तरता दिनलाई रु। १ लाख रुपैंयन नगद सहयोग उपलब्ध गराएको छ ।

    लकडाउन सुरु भएसँगै धेरै स्थानमा धेरै संख्यामा राहत तथा भोजन वितरण गर्ने समूह, संघसंस्था, व्यक्तिहरु देखिएका थिए तर निरन्तर रुपमा यो अभियानलाई जारी राख्ने व्यक्ति कमै छनन् ।

    सडकमा भएका भोका व्यक्तिहरुको भोक प्यास मेटाउन विगत ६ महिनादेखि अनवरत रुपमा लागिपरेका घिमिरेले गरेको समाजसेवा प्रतिको लगाब वास्तवमै अन्तस्करणदेखिनै सम्मान गर्न लायक छ ।

    खाना बनाउन घिमिरेकी श्रीमती तुलसी भण्डारी र भाई नविन घिमिरेले साथ दिएका छन् । उनलाई गाडीको समस्या भएकोले आफ्नै स्कुटरमा खाना बोकेर वितरण गर्दै आएका छन् ।
    सेवा नै धर्म हो । प्रदिप भन्छन् आफू पनि बचौं, अरुलाई पनि बचाऊँ । उनलाई यतिवेला धेरै सहयोगी हातहरुको खाँचो छ । उनलाई अझ धेरै सहयोग भए समस्यामा परेका धेरै व्यक्तिहरुलाई सहयोग गर्ने उनको इच्छा छ । उनलाई प्रत्यक्ष सम्पर्क गर्नको लागि ९८४११४१४६८ मा फोन गर्न सक्नुहुन्छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार